मनोरञ्जन

ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, रोचक, समाचार
हेटौंडा / ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो “के भन्नु र खोइ” सार्वजनिक गरेको छ । गितमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानु बाबु घिसिङले तयार र व्यवस्थापन गरेका हुन् । भिडियोलाई युद्व लामाले निर्देशन गरेका छन् । सार्वजनिक गरिएको भिडियोलाई आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र याङ्गी दोङ्ले अभिनय गरेका छन् । उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य र भावनात्मक अभिनयले भिडियोलाई रोमान्टिक र आधुनिक बनाएको छ । छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन् । यसै गरी आश्मान लोप्चन तामाङ सेलो क्षेत्रमा ख्यातिप्राप्त गायकका रूपमा परिचित छन् । उनी आफ्नै गाएको गीतमा मोडलिङ गर्ने कलाकारका रूपमा पनि लोकप्रिय छन् । यस गीतमा स्वर दिने अर्की गायिका जितु लोप्चन पनि नेपाली संगीत क्षेत्रमा च...
शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि सुरु हुने भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ । आयोजको अनुसार प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ । त्यस्तै प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको अध्यक्ष लामाले बताउनुभयो । आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक ट...
“कोरियन लाहुरे” सार्वजनिक – मेलिना राई र आस्मान लोप्चनको स्वरमा नयाँ गीत

“कोरियन लाहुरे” सार्वजनिक – मेलिना राई र आस्मान लोप्चनको स्वरमा नयाँ गीत

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/  नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थपिएको छ । चर्चित गायिका मेलिना राई र गायक आस्मान लोप्चनको स्वरमा रहेको नयाँ गीत “कोरियन लाहुरे” सार्वजनिक गरिएको छ । गीतलाई क्लिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गणेश तामाङ योञ्जनद्वारा लेखिएको गीतमा विशाल काल्तानले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोलाई युद्ध लामाले निर्देशन गरेका हुन् । रोमान्टिक र हल्का हाँस्य शैलीको भिडियोलाई दर्शकहरूले सकारात्मक रूपमा लिएका छन् । भिडियोलमा गायक आस्मान लोप्चन र मोडल सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ। सञ्जना गुरुङकै कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्यूठानीले सम्पादन गरेका हुन् । गीतले कोरियन शैलीको प्रेमभाव र नेपाली मौलिकता मिसाएर नयाँ स्वाद दिन खोजेको छ। विदेशमा रोजगारीका लागि गएका युवाहरूको कथालाई प्रेमसँग जोड्दै तयार पारिएको भिडियो...

चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोलि पुनः हेटौंडामा विशेष हुने

Breaking News 2, Uncategorized, मनोरञ्जन, समाचार
हेटौँडा  / तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोलि शनिवार पुनः हेटौंडामा विशेष प्रदर्शन हुदैं छ। मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा  निर्माणमा गरिएको चलचित्र  हेटौंडाको ओम्याक्स हलमा पुनः प्रदर्शन  हुने कलाकार हेम कुमार तितुङले जानकारी दिएका छन्।  यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा विशेष शो गरिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै पुनः शो गर्ने निर्णय गरिएको चलचित्रका नायक हेम कुमार तितुङले बताए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा छायांकन गरिएको छ । चलचित्रलाई सञ्जय लामा र अर्जुन लामाले निर्देशन गरेका छन्।...
मैले मेरो गीत अरू कसैले गाउनै पाउँदैन भनेको होइन : गायक लोप्चन

मैले मेरो गीत अरू कसैले गाउनै पाउँदैन भनेको होइन : गायक लोप्चन

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
हेटौंडा। केही दिनअघि एक सार्वजनिक कार्यक्रममा गायक तथा संगीतकार आस्मान लोप्चनको शब्द, संगीत, र स्वरमा रहेको “मक्कै त भुट्यो फुल उठ्यो, बल्ल पो तामाङको हुल उठ्यो” बोलको गीत एक व्यक्तिले गाएको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो। उक्त भिडियोका आधारमा गायक लोप्चनले आफ्नो गीतलाई विभिन्न भोकल रिमुभर एपहरूको प्रयोग गरेर जबरजस्ती ट्र्याक बनाएर, गीतको मौलिक भाव भङ्गीलाई समेत तोडमोड गर्दै गाइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका थिए। गायक लोप्चनले यो विषयलाई तामाङ कलाकार संघसमक्ष ध्यानाकर्षण गराएपछि, संघले प्रतिलिपि अधिकारको विषयलाई लिएर विज्ञप्ति समेत जारी गरेको थियो। उक्त विज्ञप्ति सार्वजनिक भएपछि पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया देखिएको छ। लाबा मिडियाले गायक लोप्चनसँग यस विषयमा कुराकानी गर्दा उनले आफ्नो गीत अरू कसैले गाउनै नपाउने भनेको नभई, युट्युबबाट डाउनलोड ...
हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले “ह्याङलान काईरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडा–१०, टिसिएन चौरमा बिहीबार महोत्सव आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममै विभिन्न क्षेत्रबाट तामाङ सँस्कृतिको जगेर्ना तथा योगदान गरेको भन्दै सञ्चारकर्मी लगायतलाई सम्मान समेत गरिएको थियो । यसैगरी सँँस्कृतिक कार्यक्रमम...
जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । आँउदो जनवरी ३० तारिखका दिन नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको आयोजनामा हुन लागिएको बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ । तामाङ समुदायको प्रमुख मौलिक सांस्कृतिक तथा धार्मिक पर्व एवम् नेपालको राष्ट्रिय पर्व २८६१ डुल ल्हो ( सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रित कलाकारहरूको प्रस्तुती सँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रस्तुतीको लागि नेपाल देखि आउने कलाकारहरूमा सेलो गायक विश्व दोङ, खान्दोके सेलो गायक आस्मान लोप्चन र गायक सुरेश लामा रहेका छन् । जेजुदो स्थित एस्टार होटलको हलमा हुने कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेकोले अन्तिम चरणमा रहेको जनाएको छ । दिउसो १२ः ३० बजे देखि सुरुहुने कार्यक्रम राती ९ बजे सम्म चल्नेछ । घेदुङ जेजुदो...
मोक्पोमा हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

मोक्पोमा हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया। छल्लानाम्दोस्थित मोक्पो साम्हो साँझा चौतारीको आयोजनामा यही जनवरी २६ तारिखका दिन हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक धनराज योञ्जन तामाङले जानकारी दिएका छन्। पहिलो पटक आयोजना हुन लागेको कार्यक्रमको तयारी उत्साहपूर्वक भइरहेकोले कार्यक्रम पूर्ण रूपमा सफल हुनेमा आफूहरू विश्वस्त रहेको संयोजक तामाङले बताए।  तामाङ, गुरुङ, र शेर्पा समुदायको सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सोनाम ल्होछार, तमू ल्होसार, र ग्याल्पो ल्होसारलाई संयुक्त रूपमा मनाउन लागिएको हो। दिउँसो १ बजे सुरु हुने कार्यक्रमको स्थल परिवर्तन भई अब 전남 목포시 원형동로 10, 3층 मा हुने निश्चित भएको छ । कार्यक्रममा तामाङ, गुरुङ, शेर्पा लगायतका समुदायका विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछ।...
घेदुङ बुसानद्वारा आयोजित बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र

घेदुङ बुसानद्वारा आयोजित बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र

Breaking news 3, मनोरञ्जन, मुख्य समाचार, समाचार
दक्षिण कोरिया। नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाको ख्याङसान बुसान शाखाले आयोजना गर्न लागेको बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको संस्थाका अध्यक्ष सोम योञ्जन तामाङले जानकारी दिएका छन्। तामाङ समुदायको प्रमुख पर्व तथा नेपालको राष्ट्रिय पर्वको रूपमा मनाइने मञ्जुश्री संवत् २८६१ (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। जनवरी २९ तारिखका दिन आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरू सहभागी गराई कार्यक्रमलाई भव्य बनाउन लागिएको छ। नेपालबाट आउने कलाकारहरूमा सेलो गायक विश्व दोङ, खान्दोके सेलो गायक आस्मान लोप्चन र गायक सुरेश लामाको उपस्थिति सुनिश्चित भइसकेको छ। यसका साथै, किम्हेमा आयोजना हुने कार्यक्रममा स्थानिय कलाकारहरूको पनि भव्य प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई सार्वजनिक रूपमा आह्वान गरेका छन्।...
जनवरी २९ मा थाकस दक्षिण कोरियाले माघी पर्व-२०८१ मनाउने

जनवरी २९ मा थाकस दक्षिण कोरियाले माघी पर्व-२०८१ मनाउने

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले यहि जनवरी २९ तारिखको दिन माघी पर्व मनाउने भएको छ । माघी पर्व तथा थारुहरुको संवत २६४८ को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । विगतको वर्षहरुमाझै यस वर्ष पनि कार्यक्रमको आयोजना गरेर माघी पर्व मनाउन लागिएको संस्थाको अध्यक्ष अमर चौधरीले बताएका छन् । सौलको छाछाछा हलमा हुने कार्यक्रममा थारुको बिभिन्न परिकारहरुको स्वाद लिन पाईने आयोजकले जनाएको छ । दिउसो १२ बजेदेखि सुरुहुने कार्यक्रममा सहभागितको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"