ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ ।
बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ ।
वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् ।
आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।
युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।
कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीले दिएका छन् । तीन ओटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या...
अफ्रिकी देश लिबियामा आएको डेनियल तुफान र बाढीले अहिलेसम्म सात हजार जनाको मृत्यु भइसकेको छ । तुफानपछि डेर्ना सहरको दुई वटा ड्याम नष्ट हुँदा लगभग १०हजार जनसङ्ख्या भएको सो सहर पूर्ण रूपमा नष्ट भएको छ । ड्यामको उँचाइ २२० फिट अग्लो रहेको बताइएको छ ।
लिबियामा आएको यस प्रकारको प्राकृतिक प्रकोपले बिस हजार भन्दा बढी मानिस बेपत्ता भएको अवस्था छ । अलजजीरा मिडियाका अनुसार त्यहाँको अवस्था एकदमै भयानक अवस्थामा छ । घरभित्र लासहरू सडेको तथा कतिपय लासहरू समुन्द्रमा बगिरहेको अवस्था छ । रेस्कूयमा संलग्न कैयौँ सैनिकहरू समेत बेपत्ता भइरहेको अवस्था छ ।
स्मरण रहोस्, डेलियल तुफान गएको हप्ता ग्रिस, तुर्की र बुल्गारियामा पनि आएको र लगभग १२ जनाको मृत्यु भएको थियो । सो तुफान लिबिया तर्फ बढ्ने पहिले नै आङ्कलन गरिएको थियो ।
अहिले संयुक्त राष्ट्र सङ्घ, अमेरिका,युरोपियन सङ्घ, तुर्किए, इटली...
उत्तर कोरियाका शासक किम जोग उन र रुसी राष्ट्रपति पुतीनका बिच १२ सेप्टेम्बर बिहान भेटवार्ता सम्पन्न भएको छ । नेता किम विशेष रेलमा चढी आज बिहानै रुसी सहर व्लादिवोस्तोक सहर पुगेका हुन् । सो रेलमा २० वटा बुलेट प्रुफ गाडीहरू पनि रहेको जानकारी हुन आएको छ ।
उत्तर कोरियाको हतियार र युद्ध सामग्रीसँग सम्बन्धित अफिसरहरू पनि सँगै यात्रामा रहेको जानकारी हुन आएको छ । सन् २०१९ पछि पहिलो पटक हुन लागेको यो वार्ताले दुवै देशको सम्बन्धमा सुधार हुने क्रिमलिनका प्रवक्ता डिमीट्री पेस्कोवले बताएका छन् ।
दुई देशको भेटवार्ता हतियार खरिदबिक्री हुनसक्ने भन्दै नाटोको लागि टाउको दुखाइको विषय बनेको छ । युक्रेन युद्धका कारण रुसलाई हतियार चाहिएको तथा उत्तर कोरियाले आफ्नो परमाणु क्षमतामा निखरता ल्याउन यो वार्ता भइरहेको अमेरिकी रक्षा मन्त्रालयको ठम्याई छ ।
विशेषज्ञहरूका अनुसार उत्तर कोरियास...
काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्वालाई अध्यक्ष बनाउँदै जी २० समिट समापन भएको छ । यसका साथै आगामी वर्ष हुने जी २० समिटको आयोजना समेत ब्राजिलले गर्नेछ । भारतका राष्ट्रपति नरेन्द्र मोदीले संस्कृत भाषामा स्वस्ति अस्तु विश्यस्य ! अर्थात सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चार होस् भन्दै जी २० समिटको समापन गरेका हुन् ।
जी २० को अध्यक्षको भूमिका ग्रहण गर्दै ब्राजिलका राष्ट्रपतिले ३ वटा विषयलाई प्राथमिकता दिने बताए–१) सामाजिक न्याय र भोकमरीका विरुद्ध लडाई २) दिगो विकास ३) संसारका संस्थानहरूमा परिवर्तन ।
के यस प्रकारको समिटले विश्वमा सामाजिक न्यायका पक्षमा काम गर्छ त ? यो विषयमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट भन्नुहुन्छ, ‘पुँजीवादी देशहरूले आफ्नो सङ्कट टार्न ब्रिस्क, सार्क, जी २० जस्ता सङ्गठनहरू खोल्ने गरेका छन् । तर यस प्रकारका प्रयासहरू असफल हुँदै गएक...
२३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २०१२ भन्दा बढीकाे मृत्यु भएको छ भने २०५ ९ जना घाइते भएको छन । ७.२ रेक्टरको भुकम्पले गर्दा कैयौं भवनहरु ढलेका छन् भते जनजीवन अस्तव्यस्त भएका छन् । मोरक्कोमा १२० बर्षको इतिहासमा यो सबैभन्दा ठूलो भुकम्प हो ।
शुक्रबार राति ११ :११ बजे भएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।
शुक्रवारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय...
ब्रसेल्स । फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा गर्दै साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालबाट सुवास जिसीलाई उपाध्यक्षमा चयन गरेको छ ।
नवनिर्वाचित सहअध्यक्ष सुवाज जि.सी.सँग अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा सम्पर्क गर्दा, ‘युनाइटेड फ्रन्टको प्रथम सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भएको तथा निर्वाचित नयाँ समितिको छिटै बैठक बसेर विस्तृत योजनाहरू बनाइने’ बताउनुभयो ।
विश्वका करिब ४६ देशका १२४ प्रतिनिधिसहित करिब ६५० सहभागीको उपस्थितिमा सेप्टेम्बर ३ देखि ६ (२०२३) सम्म जर्मनीमा सो सम्मेलन सम्पन्न भएको हो ।अन्तर्राष्ट्रिय सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।
पेरूका एडिथ लुज र जर्मनीबाट मोनिका गार्टनर–एङ्गेल अध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल, पे...
२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ ।
युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थिय...
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए ।
गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन् ।
केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न देउवाले दुई पटक डाके पनि प्रस्ताव तयार हुन सकेको छैन । कांग्रेस न...
बिनोद निगम / नवलपरासी /१८ जेठ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ।
कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका प्रमुख उमेश यादवको विशिष्ट अतिथिकता, सहायक शाखा प्रवन्धक विजय खनालको बिशेष अतिथिकता, हरिनारायण थारुको अतिथीकतामा सम्प...