अन्तर्राष्ट्रिय

इजरायल माथि आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ: हमास

इजरायल माथि आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ: हमास

अन्तर्राष्ट्रिय
गाजा, २६ असोज । प्यालेस्टाइनी हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौँ मानिस घरबारविहीन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रूपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरबार विहीन भएका छन् । इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, 'हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठुलो नोक्सान हुदैँछ अब शत्रुहरूले हाम्रो आक्रमणको प्रतीक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको...
३५ वर्ष देखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

३५ वर्ष देखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

अन्तर्राष्ट्रिय
सेडरोट, २६ असोज । योसी लान्डाउले इजरायलमा लासहरू सङ्कलन गर्न दसकौँ बिताएका छन् । तर गाजामा प्यालेस्टाइनी  समूहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झैँ लान्डौ शनिवार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ । उनले पछि थाहा पाए कि यो साइरन पहिला झैँ थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्, । उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमासले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए । गाजाको उत्तरमा रहेको तटीय सहर अशदोडमा रहेको आफ्नो घरबाट उनले घटनास्थलमा पुग्दा आफूले देखेको ‘डरलाग्दो अवस्था’ सम्झे। ‘मैले कारहरू पल्टिएको देखेँ, सडकमा मानिसहरू मरेको देखेँ,’ लान्डौले भने। उनका अनुसा...
हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

अन्तर्राष्ट्रिय
तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्। अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका छन् । उनले सोचे कि यो उनको अन्तिम चुम्बन हुनेछ। दुवैले झाडीमा भागेर आफ्नो ज्यान बचाए तर यही क्रममा उनीहरू आफ्नो साथी जीवबाट अलग भए। उनका साथी, जसको नाम जीव थियो, उनी अरूलाई सहयोग गर्न निस्किएका थिए र अहिलेसम्म ...
गाजामा आक्रमणपछि  ३ लाख ३८ हजार मानिस विस्थापित

गाजामा आक्रमणपछि ३ लाख ३८ हजार मानिस विस्थापित

अन्तर्राष्ट्रिय
  तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ । यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधवार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्। उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’ गत शनिवार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन । उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्‍यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौँ।’ इजरायलका रक्षा मन्त्री योभ गालान्टले भने,  ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’ उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बिचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका छन्। यस नयाँ आपत्कालीन सरकारमा पूर्व रक्षा मन्त्री बेनी गान्ट्जलाई पनि समावेश गरिएको छ । संयुक्त राष्ट्र स...
बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

Breaking News 1, अन्तर्राष्ट्रिय
  पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ इस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् । दुर्घटना स्थलमा बिहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् । तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।  ...
‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

अन्तर्राष्ट्रिय
  मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी  हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।   सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।   यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन । आजसम्म इजरायल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा ज...
अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

Breaking News 1, अन्तर्राष्ट्रिय
काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छ। तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकय...
१२ किमी चौडा र ४१ किमी लामो गाजापट्टी के हो ?

१२ किमी चौडा र ४१ किमी लामो गाजापट्टी के हो ?

Breaking News 1, अन्तर्राष्ट्रिय
  गाजा, २३ असोज । इजरायली सेनाले आफ्ना सयौँ मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ। त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ।   हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईँलाई थाहा छ यो द्वन्द्वको मूल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन हो । इजरायलका रक्षा मन्त्री योभ गालान्टले हमासविरुद्धको प्रतिकारका बिच कडा सन्देश दिएका छन् । उनले इजरायलले गाजामा यस्तो कारबाही गर्ने बताएका छन् जुन आगामी ५० वर्षसम्म...
इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध तिनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ’

इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध तिनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ’

अन्तर्राष्ट्रिय
  तेल अबिब, २३ असोज । इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ ।   यी ३ दिनमा गाजा र वेस्ट बैङ्कमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् ।   यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौँ’ भनेका छन् ।   हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।   इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौँ। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो। यद्यपि इजरायलले यो युद्ध सुरु गरेको होइन,...
एसिया पश्चिम युद्ध: इजरायलका ९ सय र प्यालेस्टाइनका ६ सयको मृत्यु

एसिया पश्चिम युद्ध: इजरायलका ९ सय र प्यालेस्टाइनका ६ सयको मृत्यु

अन्तर्राष्ट्रिय
तेल अहिब, २३ असोज । इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदै छ’  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् ।   विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढी पछि इजरायलमा कम्तीमा ९०० जनाको मृत्यु भए पछि यो भनाई सार्वजनिक भएको हो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।   जवाफमा प्यालेस्टाइनी अतिवादी समूह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन् । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ । सो समूहले इजरायली सेनाका अधिकारीहरू सहित १०० भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।   उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"