इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल) के भन्छ ?
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा आश्विन २९ गते जारी गरिएको वक्तव्य ः
प्यालेष्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेष्टाइनीहरुलाई देशबाट निष्कासित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेष्टाइनीहरुले आफ्नो मातृभूमिमा फर्कनको लागि युद्ध गरिरहेका छन् ।केही दिन पहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीहरू लगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनतालाई हत्या गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ । जुनसुकै पक्षबाट भए पनि निःशस्त्र र निरपराध जनताको हत्या वा अपहरणलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यसैले हमास पक्षबाट निरपराध र निःशस्त्...








