अन्तर्राष्ट्रिय

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अन्तर्राष्ट्रिय
काठमाडौँ, २२ असोज । इजरायलको जोखिम क्षेत्रस्थित बङ्करमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिवार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा  हमासले गरेको आक्रमणमा परी मुलुकका होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको उल्लेख गरेका छन्। प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपू...
प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

अन्तर्राष्ट्रिय
आश्विन २२, काठमाडौँ । ‘इजरायल र प्याष्टाइनबिचको युद्ध आतङ्कवादी युद्ध नभएर राजनैतिक समस्या हो । यो समस्यालाई वार्ता द्वारा समाधान गर्नुपर्दछ अन्यथा यसले विश्व युद्धको स्थिति सिर्जना गर्न सक्छ’ – भन्छन् वामपन्थी बुद्धिजीवी योगेन्द्र ढकाल । आश्विन २२ गतेका क्यापिटल एफएमसँग कुरा गर्दै बुद्धिजीवी ढकालले, ‘नोभेम्बर २९, १९४७मा संयुक्त राष्ट्र सङ्घमा इजरायल र प्यालष्टाइन बिचको समस्यालाई दुई राज्यको प्रस्ताव पारित भएको’ बताउँदै उनले ‘इजरायले त्यो प्रस्तावलाई कार्यान्वयन नगर्दा युद्धको स्थिति निम्तिएको र अहिलेको युद्धको जिम्मेवार पनि इजरायल नै हो ।’ बुद्धिजीवी ढकाल भन्छन् ‘या त संयुक्त राष्ट्र सङ्घमा भएको सम्झौतालाई मान्दैनौ भन्नुपर्‍यो होइन भने त्यसलाई इमानदारीका साथ पालना गर्नुपर्‍यो ।’ उनी भन्छन्, ‘दुई राज्यको सिद्धान्तलाई बेवास्ता गर्दै बर्षौ देखि प्लाटेस्टाइनको सार्वभौमिकता माथि आक्रमण गर्नु ब...
अफगानिस्तान भूकम्प परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

अफगानिस्तान भूकम्प परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

अन्तर्राष्ट्रिय
काबुल, २२ असोज । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तालिबान सरकार अनुसार गहिरो आर्थिक सङ्कटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठुलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात् ४० किलोमिटर पश्चिममा शनिवार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्याङ्क सार्वजनिक गरेको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको सङ्ख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन् । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का छ । ‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे। प्रारम्भिक ...
हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि

हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि

अन्तर्राष्ट्रिय
गाजा, २२ असोज । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौँको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । गत शनिवार देखी सुरु भएको युद्धमा सयौँ अपहरणमा परेका छन्, अझै त्यसको विस्तृत विवरण आइसकेको छैनन् । यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी काँग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् । संसद्को प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरूको सङ्ख्या बढ्दै गएको छ, तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको छ । उता, इजरायलको हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको हमासले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र महिला पनि छन् । यो हवाई आक्रमण गाजाको ...
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

अन्तर्राष्ट्रिय
काठमाडौँ, २१ असोज । प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आक्रमणमा तीन जना घाइते भएका छन्। शनिवार हमासले इजरायलमाथि ठुलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको सङ्ख्या ६०० नाघेको र सयौँ मानिस घाइते भएका छन्। आक्रमणमा १० जना नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्। मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जय पृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्। पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ। शारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प...
हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

अन्तर्राष्ट्रिय
गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बिचको स्थिति फेरि बिग्रिएको छ । हमासले शनिवार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन्। सर्वप्रथम इजरायलमा हजारौँ रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ। केही  हमास सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू  प्याराग्लाइडिङ प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । भिडियोमा गाँजा सहरमा भागदाैड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक भएका छन् । हजारौँ इजरायलीहरू गाँजाको क्षेत्रबाट भागाभाग भएको तथा हमासका हजारौँ लडाकुहरू प्यालेस्टाइनबाट इजरायली भूमि छिर्दै गरे...
सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, अझै १०३ जना बेपत्ता

सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, अझै १०३ जना बेपत्ता

अन्तर्राष्ट्रिय
गान्तोक, २० असोज । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकि १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् । इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बङ्गालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए । सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाकाे शव भर्खरै भेटिएक...
बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

Breaking News 1, अन्तर्राष्ट्रिय
लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ । डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र उनको नजिक पुगे । प्रहरी अधिकारीहरूले एक युवक हातमा धनु र बाण लिएर उभिरहेको देखे। उनलाई प्रहरी अधिकारीहरूले किन यहाँ आएको भनेर सोधे पछि उनले महारानीलाई मार्न ...
पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

अन्तर्राष्ट्रिय
काठमाडौँ, १९ असोज । जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दुहरूको अवस्था नाजुक हुन थालेको हो । आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत् राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् । यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा छ, जुन केही वर्षअघि खोलिएको थियो। सबैभन्दा अचम्मको कुरा त यो मन्दिर विगत ७२ वर्षदेखि बन्द राखियो र पछि खोलियो । यस मन्दिरको संरचना हेर्दा कति विशेष छ भन्ने अनुमान लगाउन सकिन्छ । ठुला ढुङ्गाले बनेको यस मन्दिरमा अचम्मको नक्कासी गरिएको छ । यो सानो शिवालय भए पनि यसको भव्यता हेर्दा जुनसुकै ठुलो मन्दिरसँग तुलना गर्न सकिन्छ । सबैभन्दा मुख्य कुरा यो हो कि यति वर्षसम्म बन्द हुँदा पनि यस मन्दिरको पर्खालमा कुनै असर परेको छैन, यसको अवस्था अ...
कोइला खानीमा पानी पस्दा ज्यान गयो

कोइला खानीमा पानी पस्दा ज्यान गयो

Breaking News 1, अन्तर्राष्ट्रिय
आश्विन १८, सिलोङ । भारतको सिलोङस्थित कोइला खानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइला खानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता उनीहरूको शनिवार शव फेला परेको हो । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो। उनीहरू कोइला खनिरहेको बेला एक्कासि पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"