राजनीति

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

राजनीति, समाचार
मंसिर ३ ,काठमाडौं ।  नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :  ...
रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

Breaking News 1, राजनीति, समाचार
काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।  ...
मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न सरकारलाई काँग्रेसको सुझाव

मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न सरकारलाई काँग्रेसको सुझाव

राजनीति, समाचार
कात्तिक २५, काठमाडौं । नेपाली काँग्रेसले जाजरकोट सहितको भूकम्प प्रभावित क्षेत्रमा मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केको काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो । पुषको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मङ्सिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको काँग्रेस महामन्त्री थापाले बताए । स्थायी रूपमा सिकाई केन्द्रहरू बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए । महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन...
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

Breaking News 1, राजनीति, समाज
कार्तिक २४, थवाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए । ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ, उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लाषगि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन्। त्यसलाई मैले गम...
माग सम्बोधन गर्न संघलाइ प्रदेश २ को एक महिने अल्टिमेटम

माग सम्बोधन गर्न संघलाइ प्रदेश २ को एक महिने अल्टिमेटम

राजनीति, समाचार
२३ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । संघीयता भएको ८ वर्ष भइसक्दा समेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि मुख्यमन्त्री यादवले दिएका छन् । प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष...
जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

Breaking News 1, राजनीति, समाचार
२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ (जनयुद्ध) नै हो, प्रचण्डले भने । प्रधानमन्त्रीले भने – ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । ’ प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको भन...
राहत वितरण प्रभावकारी र पारदर्शी वनाउन सरकारलाइ एमालेको आग्रह

राहत वितरण प्रभावकारी र पारदर्शी वनाउन सरकारलाइ एमालेको आग्रह

राजनीति, समाचार
कात्तिक २२, काठमाडौँ । नेकपा (एमाले) ले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको सचिवालयको बैठकले राहत वितरणमा ढिलाइ भएको र प्रभावकारी नभएको गूनासो आएको भन्दै यसलाइ चुस्त बनाउन सरकारलाइ अनुरोध गरेको हो । यस्तै एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न जिल्ला कमिटीहरुलाइ निर्देशन आग्रह गरेको छ । बुधबार दिउँसो बसेको सचिवालयको बैठकले माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने गरी समयसीमा बढाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियानका कारण माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठसम्म गर्ने गरी समयसीमा बढाउने निर्णय गरिएको उनले बताए । एमालेले यसअघि चैत मसान्तभित्रमा वडा तहका कमिटीहरूको अधिवेशन गरिसक्न मातहतका कमिटीलाई परिपत्र गर...
एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको अध्यक्ष ओलीको भनाइ

एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको अध्यक्ष ओलीको भनाइ

Breaking News 1, राजनीति, समाचार
कात्तिक २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार बसेको सचिवालय बैकठमा अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए । देशक...
समाजमा अराजकता बढेको भन्दै प्रधानमन्त्री चिन्तित, डटेर सामना गर्न सबै दल प्रतिबद्ध

समाजमा अराजकता बढेको भन्दै प्रधानमन्त्री चिन्तित, डटेर सामना गर्न सबै दल प्रतिबद्ध

राजनीति, समाचार
कात्तिक २१, काठमाडौँ । १२ बुँदे समझदारीका पक्षधर दलहरुले गणतन्त्रप्रति प्रतिबद्ध रहनुपर्ने अठोट व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सर्वदलीय बैठकमा उनले देशमा अराजकता फैलन सक्ने खतरा देखिएको भन्दै अब गणतन्त्रका पक्षधरहरु एकढिका हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको भनाइमा अन्य दलका प्रतिनिधिले सहमति जनाउँदै गणतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीले विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको, जसलाई जे मन लाग्छ, त्यही भन्न थालेको बताएका थिए । आफूहरुले संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएको तर केही साना फोर्सले समाज बिगार्ने काम गरिरहेको भन्दै अब गणतन्त्रको पक्षमा मुखरित भएर जानुपर्ने बिचार राखेका थिए । छलफलमा नेपाली काँग्रेसका सभा...
सरकारलाइ काँग्रेसको २१ बुँदे सुझाब,भूकम्प पीडितको पुर्नस्थापना जिम्मा प्रदेश र स्थानीय सरकारलाइ दिन आग्रह

सरकारलाइ काँग्रेसको २१ बुँदे सुझाब,भूकम्प पीडितको पुर्नस्थापना जिम्मा प्रदेश र स्थानीय सरकारलाइ दिन आग्रह

राजनीति, समाचार
कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिन संघीय सरकारलाई दिन सुझाब दिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । तर राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो । राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुले झनै जटिल स्थिति सामना गर्नुपरेको तथ्य दृष्टिगत गरी तिनको पहिचान गरेर अस्थाय...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"