समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवरोध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध

समाचार
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँच पास अवरोध गरेका छन् । ।  आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्। २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार र मङ्गलवार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरेका छन्।  ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।...
  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

समाचार
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ । त्यस्तै, घमन कुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात ला...
मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

अन्तर्राष्ट्रिय, समाचार
२३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २०१२ भन्दा बढीकाे मृत्यु भएको छ भने २०५ ९ जना घाइते भएको छन । ७.२ रेक्टरको भुकम्पले गर्दा कैयौं भवनहरु ढलेका छन् भते जनजीवन अस्तव्यस्त भएका छन् । मोरक्कोमा १२० बर्षको इतिहासमा यो सबैभन्दा ठूलो भुकम्प हो । शुक्रबार राति ११ :११ बजे भएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।  शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रवारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।  सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय...
सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

शिक्षा, समाचार
काठमाडौँ । समाज, राजनीति, दर्शन आदिसँग जोडिएका हरेक पक्षहरूको अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित हुँदै  ज्ञानशाला अनुसन्धान केन्द्रको स्थापन गरिएको छ । राजधानीको नयाँबजार स्थित उत्तम चोक, खुशीबुमा सो केन्द्रको स्थापना गरिएको छ ।  २०८० साल भाद्र २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको अनुसन्धान केन्द्रले समाज तथा राजनीतिसँग जोडिएका हरेक विधाहरूको अध्ययन तथा अध्यापन गराउने केन्द्रका अध्यक्ष भोला ढकालले बताउनु भयो । अनुसन्धानमूलक विषयहरूमा केन्द्रित हुनुका साथै विभिन्न भाषा कक्षाहरू, शिक्षक तथा मन्टेश्वरी तालिम, सेयर तथा लेखा तालिम, नेतृत्व विकास कार्यशाला, कविता तथा कथा लेखन कार्यशाला, बाल साहित्य लेखन, आधारभूत आमसञ्चार तालिम, योगा तथा नृत्य अभ्यास जस्ता विषयहरूमा पनि क्रियाशील भइने वहाँले बताउनु भयो ।  शिक्षा तथा सामाजिक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका अध्यक्ष ढकालले ...
फरक तरिकाले मनाइयो स्मृतिशेष ढकालको कार्यक्रम

फरक तरिकाले मनाइयो स्मृतिशेष ढकालको कार्यक्रम

समाचार
काठमाडौँ । परम्परागत शैलीभन्दा फरक तरिकाले स्मृति शेष खगेश्वर ढकालको दोस्रो स्मृति कार्यक्रम सम्पन्न गरिएको छ । २०८० भदौ २२ गते शुक्रवारका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो । ढकाल परिवारका सदस्य तथा स्मृति शेष खगेश्वर ढकालका शुभचिन्तकसमेतको सहभागितामा स्मृति कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा स्मृति शेष खगेश्वरको जीवनका विभिन्न पक्षका बारेमा चर्चा–परिचर्चा गरिएको थियो ।’ बुबाले हामीलाई छोडेर जानुभयो । मृत शरीर नरहे पनि उहाँका विचार युग–युगसम्म कार्यान्वयनको विषय रहिरहने छन्’ स्मृति कार्यक्रमको अवसरमा उहाँका छोरा डा. चूडा ढकालले बताउनुभयो । स्मृति कार्यक्रममा आफ्नो धारणा राख्दै खगेश्वर ढकालकी बुहारी तथा प्राज्ञ सदस्य डा.कौशीला रिसालले कतिपय संस्कार तथा परम्परा समय र परिस्थितिअनुसार परिवर्तन गर्दै जानुपर्ने बताउनुभय...
क्यानडा जाने लोभमा नक्कली विज्ञापनको भर पर्दा ३४ लाख ठगीमा

क्यानडा जाने लोभमा नक्कली विज्ञापनको भर पर्दा ३४ लाख ठगीमा

समाचार
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । कार्यालयका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क पर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठुलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी पटक–...
 देशको राजनीतिमा तीन ओटा खतरा छन्  ः सिँह

 देशको राजनीतिमा तीन ओटा खतरा छन्  ः सिँह

राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले अहिले देशको राजनीतिमा तीन वटा खतरा भएको बताउनुभयो । २०८० भदौ १६ गते शनिवार “यो हो टेलिभिजन” मा पत्रकार जीवराम भण्डारीसँग कुरा गर्दै वहाँले सो धारणा राख्नुभएको हो ।  महामन्त्री सिंहले भन्नुभयो,  'पहिलो खतरा,  प्रतिगमनको खतरा हो । त्यो राजतन्त्रको खतरा हो ।'  टेलिभिजन पत्रकारसँग कुरा गर्दै वहाँले बताउनुभयो, 'नेपाली जनताले लामो समय सङ्घर्ष गरेर नेपालमा राणा शासन खतम पारे । निरङ्कुश पञ्चायती शासन खतम पारे । राजतन्त्र खतम पारे । तर प्रत्येक देशको इतिहासमा हामी यो पाउँछौँ , एक पल्ट सत्ताच्यूत भएपछि प्रतिक्रियावादी शक्तिहरू फेरि सत्तामा आउने प्रयास गरिराखेका हुन्छन् । त्यो प्रयत्न नेपालमा पनि भइराखेको छ । अहिले राजावादीहरूले सत्तामा आउन हिन्दु धर्मको आड लिइरहेका छन् ।' &nb...
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन् । केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न देउवाले दुई पटक डाके पनि प्रस्ताव तयार हुन सकेको छैन । कांग्रेस न...
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका प्रमुख उमेश यादवको विशिष्ट अतिथिकता, सहायक शाखा प्रवन्धक विजय खनालको बिशेष अतिथिकता, हरिनारायण थारुको अतिथीकतामा सम्प...
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"