दक्षिण कोरियामा नेपाली श्रमिकलाई न्याय
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरको निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरीमा आत्महत्या भएको घटनामा अदालतले दोषीलाई सजाय सुनाएको छ।
मोक्पो अदालतले अगस्ट २० मा फैसला गर्दै फर्म मालिकलाई दुई वर्ष कैद र १० लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको हो ।यो निर्णय प्रवासी श्रमिक र अधिकारकर्मीहरूको निरन्तर दबाब र आन्दोलनको परिणाम हो। तर अझै पनि श्रमिकहरूले कार्यस्थलमा दुर्व्यवहार र भेदभाव झेल्नुपरेको भन्दै अधिकारकर्मीहरूले वास्तविक सुधारका लागि दबाब जारी राख्ने बताएका छन् । एमटियुले यो फैसलालाई श्रमिकलाई हेप्न सकिँदैन भन्ने सन्देशका रूपमा लिँदै सेप्टेम्बर २१ मा सउलमा आयोजना हुने राष्ट्रिय जुलुसमा सबै श्रमिकलाई सहभागी हुन आह्वान गरेको छ ।...








