समाचार

बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु

बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौँडा / बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु हुदै छ ा प्रदेशसभाको अधिवेशन आज बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नेलगायतका बारेमा छलफल गरिने भएको छ ।...
नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिए

नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिए

Breaking News 1, मधेश प्रदेश, राजनीति, समाचार
जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।...
कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

Breaking News 2, समाचार
धनगढी / कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए ।...
माओवादी मधेश सरकारबाट बाहिरिने

माओवादी मधेश सरकारबाट बाहिरिने

Breaking News 1, मधेश प्रदेश, राजनीति, समाचार
जनकपुरधाम / नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।अनलाईनखबरबाट,...

अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी /अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए । विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौं घरहरू ध्वस्त वा क्षति पुगेको बताएको छ । तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिवार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति...
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

Breaking news 3, समाचार
सङ्खुवासभा / सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका(४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका(२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ ।...
जीबी राईलाई यसअघिको सरकारले भगाएको हो ः  गृहमन्त्री लामिछाने

जीबी राईलाई यसअघिको सरकारले भगाएको हो ः गृहमन्त्री लामिछाने

Breaking news 3, समाचार
काठमाडौं / गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । गृहमन्त्री लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राई मुछिएका छन् ।...
१० जनालाई अमेरिका पठाउछु भन्दै बन्धक बनाएर ठगि गर्ने ३ जना पक्राउ

१० जनालाई अमेरिका पठाउछु भन्दै बन्धक बनाएर ठगि गर्ने ३ जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पा, १९ वर्षीय निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।  ...
वन्यजन्तु क्षेत्रमा कोरियाले  नेपाली कामदार लैजाने

वन्यजन्तु क्षेत्रमा कोरियाले नेपाली कामदार लैजाने

Breaking news 3, प्रवास, समाचार
काठमाडौँ / दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ ।   वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदारलाई यो वर्षको अन्त्यमा लैजाने गरी गृहकार्य भइरहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बताए । नेपाली श्रमिकहरूले दक्षिण कोरियाको अर्थतन्त्रका लागि योगदान गरिरहेका छन्,’ दक्षिण कोरियाली दूतावासले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘नेपालबाट अहिलेसम्म ईपीएसअन्तर्गत उत्पादनमूलक, कृषि, सेवामूलक र शिक्षा क्षेत्रमा कामदार कोरिया गएका छन् ।’ दूतावासका अनुसार हालसम्म एक लाखभन्दा बढी नेपाली कोरियामा काम गरेर फर्किसकेका छन् । हाल ४४ हजार नेपाली कोरियामा कार्यरत रहेको दूतावासले जनाएको छ ।...
कोशी प्रदेशको मुख्यमन्त्रीमा  एमाले नेता कार्कीको दाबी पेश गर्दै

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कार्कीको दाबी पेश गर्दै

Breaking News 2, कोशी प्रदेश, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् । उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"