समाचार

१२ को परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार

१२ को परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार

Breaking news 3, समाचार
काठमाडौँ । झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।  स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए । ...
कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने

कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने

Breaking news 3, प्रवास, समाचार
काठमाडौँ । दक्षिण कोरियाले कोरियन भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको हो । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको हो । माग सङ्ख्याको आधारमा निकै बढी आवेदन पर्न थालेको भन्दै आवेदनकर्ताको लागि सीमा तोकिएको हो । ईपीएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले सन् २०२५ देखि मागसङ्ख्याको तेब्बर बढीमात्रै आवेदन सङ्कलन गरिने बताइन् ।...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने : सञ्चार मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने : सञ्चार मन्त्री शर्मा

Breaking News 2, समाचार, सूचना प्रबिधि
काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास लिएको छु, शुभकामना सन्देशमा उनले भनेकी छन् ।...
नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अञ्जना तामाङ हेटौंडा/ नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा लागु हुने भएको छ । नेवा तामाङ भाषालाई बैशाख २४ गते सोमबार देखि सरकारी कामकाजि भाषाको रुपमा लागु गरिने भएको हो । नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो सम्बन्धमा जानकारी दिएको हो । यसै तिन समितिको आयोजनामा बागमति प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवा ÷तामाङ भाषा दिवस मनाईने आयोजकले जनाएको छ । सोमबार विहान ७ः ४५ बजे हेटौंडा बुद्ध चोक देखि सांस्कृतिक झाँकी सहितको र्याली हुने र सभा तथा नेवा सांस्कृतिक संग्रहालयको शिलान्यास गरिने जनाएको छ । सोहि दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री देखि सांसदहरुको बिशेष भुमिकाले भाषा...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको निर्देशन जारी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको निर्देशन जारी

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

समाचार
काठमाडौं / हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै आज राती सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु–भागमा आंशिकदेखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

Breaking news 3, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको हो । विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ ।...
भेल्लु बाजे भनेर चिनिने मिन बहादुर बुढाको निधन

भेल्लु बाजे भनेर चिनिने मिन बहादुर बुढाको निधन

समाचार
काठमाडौं / सामाजिक सञ्जालमा ‘भेल्लु बाजे’का नामले चिनिएका प्युठानका मीनबहादुर बुढाको निधन भएको छ ।  बिहिबार बेलुका जिल्ला अस्पताल प्युठानमा उपचारको क्रममा निधन भएको जनाइएको छ।‌ अहिले ‘भेलु बाजे’ मीनबहादुर बुढाको निधन भएको खबर सामाजिक सञ्जालमा बाहिरिएपछि उनका फ्यानहरुले दुखद निधनको खबरले मर्माहत भएको भन्दै श्रदान्जली व्यक्त गरिरहेका छन् ।...
रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

Breaking news 3, राजनीति, समाचार
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक शुक्रबारका लागि बोलाइएको हो । महामन्त्री मुकुल ढकालले शुक्रबार सचिवालयको बैठक र बैशाख २४ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैशाख २९ मा केन्द्रीय समितिको बैठक डाँकीएको पनि जानकारी दिनुभयो । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएपछि त्यसको समिक्षा गरिने महामन्त्री ढकालले बताउनुभयो । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको वैशाख २१ गते दुई महिना पुग्दैछ ।...
कप्तान दीपेन्द्र पनि सात रनमै आउट

कप्तान दीपेन्द्र पनि सात रनमै आउट

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द रन आउट हुँदै पेभेलियन फर्किए । आउट हुनुअघि उनले सात बलमा एक छक्काको मद्दतले सात रन बनाए । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल एक सय १९ रन बनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"