जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण
काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ ।
शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो ।
सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमूलक कृति भएकोसमेत बताएका छन् । वाङ्मयपुरूष जोशी पुत्र अणुराज जोशीले सत्यको खोज भित्र सत्यमोहन जोशीको इति वृत्तान्त समावेश रहेको ...








