१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीले पनि एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने
काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।
यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपर्ने अनिवार्य व्यवस्था रहको थियो । कक्षा १२ को नतिजा नआइसकेको भए पनि यस पटकदेखि भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाएको जनाएको छ । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।
तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी का...








