Breaking News 1

कोरियन ओपन कराँतेमा नेपाली खेलाडी थोकर र गुरुङलाई एक स्वर्ण र दुई रजत

कोरियन ओपन कराँतेमा नेपाली खेलाडी थोकर र गुरुङलाई एक स्वर्ण र दुई रजत

Breaking News 1, खेलकुद, प्रमुख समाचार, प्रवास
काठमाडौँ । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक आत पारेका छन् । पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जित्नुका साथै जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका छन् । उनले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा पनि रजत पदक जितेका छन् । उनी प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भएका थिए । लम्जुङका गुरुङ हाल वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । प्रतियोगितामा नेपालबाट दुईजना रेफ्री पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया...
सिमलताल पहिरोमा परेकाहरुमध्ये हालसम्म १५ जनाको शव फेला

सिमलताल पहिरोमा परेकाहरुमध्ये हालसम्म १५ जनाको शव फेला

Breaking News 1, प्रमुख समाचार
हेटौंडा। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।...
लोसपाबाट भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा

लोसपाबाट भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । नयाँ बनेको सरकारमा लोसपाबाट सरदसिंह भण्डारीलाई सरकारमा पठाएपछि लोसपा विभाजनको संघारमा पुगेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको जनाएको छ । मधेस प्रदेशमा रहेका नौ जना सांसदमध्ये चार जना र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए । लोसपाको पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ । सहअध्यक्ष शुक्लाले पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । ‘पार्टी विभाजन भइसकेको छैन तर अवस्था त्यस्तै सिर्जना भएको छ,’ उनले भने । अध्यक्ष ठाकुरले मन्त्री च...
अन्तत: प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

अन्तत: प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । संविधानको धारा ७६.२ अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६.२ अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । Source : Ratopati...
ओली प्रधानमन्त्री पदमा नियुक्त

ओली प्रधानमन्त्री पदमा नियुक्त

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।...
ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।...
‘नक्कली कान्छी’ बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक

‘नक्कली कान्छी’ बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ सेलो जगतको लोकप्रिय गायक प्रकाश तामाङ तितुङ्ग र गायिका सुमिना लो को आवाजमा रहेको 'नक्कली कान्छी' बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको संगीतमा तयार भएको उक्त गीतमा कुमार स्याङबाको शब्द रचना रहको छ । गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका हुन् भने दिपेश प्रधानले मिक्सिङ गरेका छन् । गीतको म्युजिक भिडियोलाई प्रकाश तामाङ तितुङ्गको आधिकारिक युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मोडल समिर तामाङ , रस्मिला तामाङको अभिनय रहेका छन् भने भिडियोलाई युद्ध लामाले निर्देशन गरेका हुन् । भिडियोलाई दुर्गा श्रेष्ठले छायाङ्कन गर्नुका साथै अनिल विष्टले सम्पादन गरेका छन्।...
नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोले बगाएको बस अझै भेटिएन

नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोले बगाएको बस अझै भेटिएन

Breaking News 1, समाचार
काठमाडौं / नारायणगढ–मुग्लिन सडक खण्डको  सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए ।...
नारायणगढ सडकखण्डमा दुई वटा बस बगाायो : घटनास्थलमा उद्धार कार्य सुरु

नारायणगढ सडकखण्डमा दुई वटा बस बगाायो : घटनास्थलमा उद्धार कार्य सुरु

Breaking News 1, समाचार
चितवन / चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ । आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो ।दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।...
खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा / जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। ३५ वर्षीय मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीबाट नियुक्ति पत्र प्राप्त गरे। उनले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। साथै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि मदन उप्रेती र कृष्ण रुम्बालाई सदस्यमा नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने दाबी गरेका छन्। उनले गाउँ–गाउँबाट खेलाडी उत्पादनमा जोड दिने र पैसाको चहलपहलका कारण राम्रा खेलाडीहरूले अवसर नपाउने परम्पराको अन्त्य गर्ने बताए।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"