Breaking News 1

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । साथै, प्रदेश सरकारसँग सम्बन्धित आवश्यक राजनीतिक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको जनाएको छ । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन वा सत्ता साझेदारीका विषयमा पार्टीको निर्देशनबिना कुनै पनि गतिविधिमा सहभागी नहुन प्रदेशका संसदीय दल तथा प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको हो । राप्रपाले हालको अवस्थामा प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्रको सहकार्यमा नै गठन हुने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय अध्यक्ष लिङ...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर र सर्वधर्म समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न र्‍यालीमा जनप्रतिनिधि, विभिन्न धर्मसँग आबद्ध संघसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । हेटौंडा–४ स्थित हुप्रचौरबाट सुरु भएको र्‍याली शहरका मुख्य सडक हुँदै हेटौंडा–२ को संगमचोकमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिने विभिन्न नारासहित शान्तिपूर्ण रूपमा र्‍याली सम्पन्न गरेका थिए । सभाको प्रारम्भमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा सिरहामा हालै भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिने...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश
हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्न मातहतका कर्मचारी तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा मन्त्रालयस्तरीय समस्या समाधान समिति ९एमड्याक० बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले चुनौतीपूर्ण परिस्थितिका बीच पनि मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको बताउनुभयो । उहाँले सीमित बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्दै क्रमागत तथा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उल्लेख गर्नुभयो । बैठकमा प्रदेशका १३ ल्लाअन्तर्गतका २३ शाखा कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । समीक्षा क्रममा आयोजना कार्यान्वयनका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचि...
बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । एमालेबाट सरकारको नेतृत्व गरेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सबै मन्त्रीले राजीनामा बुझाउने तयारी गरिएको छ । पार्टी नेतृत्वले यसअघि दुई पटकसम्म राजीनामा रोक्दै आएको भए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि मन्त्रीहरूलाई राजीनामा दिन स्पष्ट निर्देशन प्राप्त भएको पौडेलले बताएका छन् । एमालेका तर्फबाट सरकारमा कृषि मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, समाचार
हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यालयमा दर्ता भएका कुल मुद्दामध्ये ठुलो हिस्सा फस्र्योट भएको छ भने अभद्र व्यवहार र लागूऔषध सम्बन्धी मुद्दाहरू शतप्रतिशत किनारा लागेका छन्। प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले दिनुभएको जानकारी अनुसार असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा १३५ मुद्दा दर्ता भएकोमा ७७ मुद्दा फस्र्योट भएका छन्। यस अवधिमा सबैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएकोमा सो मुद्दा शतप्रतिशत फस्र्योट भएको छ भने लागूऔषधसम्बन्धी दर्ता भएका २५ वटै मुद्दाहरू पूर्ण रूपमा किनारा लागेका छन् । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ वटा फस्र्योट भइसकेका छन् । यस अवधिमा घरेलु हिंसातर्फ प...

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गर्दै आगामी वर्षको कार्यदिशा स्पष्ट पार्नुभएको हो ।  सरकारले यस पटकको बजेटमा प्रशासनिक खर्चको तुलनामा विकास निर्माण र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएको छ । मन्त्री तामाङले सभामा प्रस्तुत गर्नुभएको विवरण अनुसार कुल बजेटमध्ये पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६५।६९ प्रतिशत हुन आउँछ । यस्तै, चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४।३१ प्रतिशत बजेट छुट्याइएको छ । सरकारले यस पटक भौतिक पूर्वाधार विकासलाई मुख्य केन्द्रमा राख्दै सम्बन्धित मन्त्रालयका लागि मात्र २५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएक...

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोलस्थित तरकारी मण्डि नजिकै डेरा गरी बस्ने ४२ वर्षीया ओम कुमारी भुजेलको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको हो । प्रहरीका अनुसार, मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल हेटौंडामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले श्रीमती ओम कुमारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो । अस्पताल पु¥याइएकी भुजेललाई चिकित्सकले बिहान ११ः०० बजे मृत घोषणा गरेका थिए । मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा निलडाम सहितका गम्भीर चोटहरू देखिएको अस्पताल स्रोतले जनाएको छ।कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिएको ...

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सकहरूका अनुसार यो सामान्य शारीरिक प्रक्रिया हो र यसको मुख्य कारण शरीरमा हुने हर्मोन परिवर्तन हो। महिनावारी चक्रको क्रममा महिलाको शरीरमा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनको मात्रा उतारचढाव भइरहन्छ। यी हर्मोन परिवर्तनका कारण शरीरले केही समय पानी र नुन बढी सञ्चित गर्न सक्छ। यही कारण पेट, कम्मर वा शरीरका अन्य भाग सुन्निएको वा फुलेजस्तो महसुस हुन सक्छ । स्त्रीरोग विशेषज्ञहरूका अनुसार महिनावारी सुरु हुनुभन्दा केही दिनअघि पाठेघरले भित्री तह तयार पारिरहेको हुन्छ । गर्भ नरहेपछि त्यो तह रगतसँगै बाहिर निस्कन्छ, जसलाई महिनावारी भनिन्छ । यही प्रक्रियाका क्रममा पाठेघरमा हल्का संकुचन हुने भएकाले तल्लो पेट भारी, दुख्ने वा फुलेको अनुभूति हुन सक्छ । चिकित्सकहरूले पाचन प्रण...

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

Breaking News 1, समाचार, स्वास्थ्य
हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुने भएको छ। हेटौंडा इन्फिल्डर्स मकवानपुर को आयोजनामा हुने राइड भोलि आईतबार हुने आयोजकले जनाएको छ । राइडमा सहभागीहरू बिहान ७ बजे लाइट हाउस ग्रिल एन्ड बार मा भेला हुने र बिहान ८ बजे राइड सुरु गरिने इन्फिल्डर्सका अध्यक्ष राजक शाहीले जानकारी दिनुभयो । उँहाका राइडको गन्तव्य पशुपति मन्दिर तय गरिएको छ । आयोजकका अनुसार जुनसुकै कम्पनीका मोटरसाइकलले सहभागिता जनाउन सक्नेछन् । विशेषगरी क्याफे रेसर, क्लासिक बाइक, भिन्टेज मोटरसाइकल, बबर, चपर, स्क्र्याम्बलर, मोडर्न क्लासिक, रेट्रो शैलीका क्रुजर, क्लासिक स्कुटर तथा भेस्पा लगायतका मोटरसाइकलहरूलाई प्राथमिकता दिइएको छ । राइडमा सहभागी सबैलाई निःशुल्क बिहानको खाना तथा स्टिकर उपलब्ध गराइनेछ भने आकर्षक पुरस्का...

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार गुरिल्ला ४५० तीन प्रकारमा उपलब्ध हुनेछ । मोटरसाइकलमा ४५२ घन सेन्टिमिटर क्षमताको एक सिलिन्डरयुक्त तरल शीतलन प्रणाली भएको इन्जिन प्रयोग गरिएको छ । यसले ८ हजार आरपीएममा ४० पीएस शक्ति तथा ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलमा ६ गियर, सहायक तथा स्लिप क्लच, विद्युतीय नियन्त्रण प्रणाली, दुई प्रकारका सवारी सञ्चालन अवस्था, एलईडी बत्ती, डिजिटल सूचना प्रदर्शन प्रणाली तथा मोबाइल जडान सुविधा समावेश गरिएको छ । यसमा अगाडिको टेलिस्कोपिक सस्पेन्सन, पछाडिको मोनो–शक सस्पेन्सन तथा १७ इन्चका ट्युबलेस टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोटरसाइकलको अग्रिम बुकिङ खुला भइसकेको छ भने वितरणसमेत सुरु गरिएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"