Breaking News 1

मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले मे २६ तारिखमा छुसकको लागि साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सन् १९९३ मा स्थापना भएर कोरियाली नेपाली समाजको अग्रणी संस्थाको रुपमा कृयाशिल रहेदै आएको नेपाली सम्पर्क समितिले कोरियन दुई ठुला पर्वहरु छुसक र सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप मे २६ तारिखको दिन सुवनमा एक कार्यक्रमको आयोजना गर्दै आउदै गरेको कोरियन पर्व छुसकको लागि कार्यक्रम बाँडफाँड गर्न लागिएको हो । नेपाली सम्पर्क समिति र दक्षिण कोरियामा कृयाशिल बिभिन्न प्रादेशिक संस्थाहरुको सामुहिक छलफल र आपसी सहमतिको आधारमा संस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रम र नेपाली समाजलाई एकताको सुत्रधारमा लैजानु पर्ने निश्कर्ष सहित नेपाली सम्पर्क समितिले गर्दै आएको साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने पद्धतिलाई...
२७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढायो

२७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढायो

Breaking News 1, समाचार
काठमाडौं ।  प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । सार्वजनिक निकायहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको छ । काठमाडौं बुद्धनगरमा रहेको उक्त ठेकेदार कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैंसेपाटी र गजुरी, धाडिङले गरेको सिफारिसका आधारमा चन्द्रसूर्यलाई कालोसूचीमा राख्न स्पष्टिकरण सोधिएको हो ।...
तामाङ र नेवा भाषा दिवसमा साँस्कृतिक झाँकी सहितको र्याली,नेवा साँस्कृतिक संग्रहालयको शिलान्यास

तामाङ र नेवा भाषा दिवसमा साँस्कृतिक झाँकी सहितको र्याली,नेवा साँस्कृतिक संग्रहालयको शिलान्यास

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ नेवा तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा सोमबार आज देखि लागु भएको छ । बागमति प्रदेशको राजधानि हेटौंडामा नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिको आयोजनामा भाषा दिवसको अवसर पारेर सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको हो । ३ सय देखि ४ सय जनाको उपस्थितमा हेटौंडाको स्थित बुद्धचोकबाट ¥यालि निकालिएको थियो भने हेटौंडा २ बनस्खण्डिमा समापन गरिएको थियो । ¥यालिमा तामाङ र नेवार समुदायका विभिन्न संघ संस्थाहरुले भाषालाई कामकाजि भाषाको रुपमा लागु गरिएको भन्दै ब्यानर सहित प्रर्दशन गरेका थिए । यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवंंम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र नेवाः द्वय दबु बागमती प्रदेशका अध्यक्ष बिश्णु गोपाल महर्जन, घेदुङ बागमती प्रदेशका अध्यक्ष ललित  घलानले नेवा सास्कृतिक संग्रहालयको शिलान्या...
उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

Breaking News 1, बागमती प्रदेश, राजनीति, शिक्षा, समाचार
हेटौँडा / बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले बताए ।...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन ओलिको निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन ओलिको निर्देशन

Breaking News 1, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए । ...
नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अञ्जना तामाङ हेटौंडा/ नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा लागु हुने भएको छ । नेवा तामाङ भाषालाई बैशाख २४ गते सोमबार देखि सरकारी कामकाजि भाषाको रुपमा लागु गरिने भएको हो । नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो सम्बन्धमा जानकारी दिएको हो । यसै तिन समितिको आयोजनामा बागमति प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवा ÷तामाङ भाषा दिवस मनाईने आयोजकले जनाएको छ । सोमबार विहान ७ः ४५ बजे हेटौंडा बुद्ध चोक देखि सांस्कृतिक झाँकी सहितको र्याली हुने र सभा तथा नेवा सांस्कृतिक संग्रहालयको शिलान्यास गरिने जनाएको छ । सोहि दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री देखि सांसदहरुको बिशेष भुमिकाले भाषा...
उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री दाहाल

उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री दाहाल

Breaking News 1, समाचार
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएकोे छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्युनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मुलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए । राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्युनिकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरु, टे«ड युनियनहरु, निजी क्षेत्र लगायतका साथ रहन...
विदेश पठाउँछु भनेर ठगि गरी फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गर्यो

विदेश पठाउँछु भनेर ठगि गरी फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गर्यो

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ । ‘विदेश पठाउँछु’ भनेर ठगेपछि फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका घर भएका ३२ वर्षीय रबिन तामाङ, काभ्रे घर भएका २३ वर्षीय सहदेव रिजाल र मकवानपुर घर भएका २० वर्षीय कविराज सुवेदी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर थप कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ । रबिन तामाङले अफ्रिका पठाउँछु भनेर पीडितहरूसँग ४ लाख ९० हजार लिएपछि सम्पर्क विहीन भएका थिए । आरोपी रिजालले क्यानडा पठाउँछु भनेर ८ लाख रुपैयाँ ठगी गरेका हुन् । कविराज सुवेदीले दुबई पठाउँछु भनेर ८० हजार लिएपछि सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् । ...
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित,रास्वपाका उम्मेद्धार मिलन लिम्बुको जमानत जफत

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित,रास्वपाका उम्मेद्धार मिलन लिम्बुको जमानत जफत

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो । त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । चुनाव जित्ने आंकलन गरेका रास्वपाका उम्मेद्धार मिलन लिम्बु सहित १६ जनाको जमानत जफत भएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका ...
सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरे

सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरे

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् । ४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"