Breaking News 1

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

Breaking News 1, समाचार
 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरु भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ । जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए ।  विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्...
किन निजी विद्यालयमा पढाएको ?

किन निजी विद्यालयमा पढाएको ?

Breaking News 1
सर्वत्र उठ्ने प्रश्न हो यो ? सरकारी शिक्षाको नारा लगाएर मात्र हुन्छ, आफ्नो छोराछोरीलाई किन निजी विद्यालयमा पढाएको ? यो प्रश्नको सन्दर्भमा शिक्षाविद् डा.खगेन्द्र प्रसाईँ भन्नुहुन्छ, 'उदारीकरण र निजीकरण मार्फत सार्वजनिक शिक्षा तहस नहस पारिएको छ र निजी शिक्षा उत्पात प्रवर्द्धन गरिएको छ । सार्वजनिक विद्यालयको सङ्ख्या र गुण दुबैलाई कमजोर पारिएको छ । शिक्षामा राज्यको भूमिका खुम्च्याइएको छ । 'सरकारी नराम्रो निजी राम्रो' भन्ने चेतना जबरजस्त निर्माण गरिएको छ । समस्या संरचनात्मक छ । तर बुज्रुकहरू शिक्षकलाई प्रश्न गर्छन् : तिमीले आफ्ना छोरा छोरी सार्वजनिक मा नपढाएर किन निजी विद्यालय मा पढाएको ?...
प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

Breaking News 1, समाचार
काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७२औँ स्थापना दिवसमा विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् । आगामी आश्विन ५ गते नपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो ११ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सूदन किराँती हुने जानकारी हुन आएको छ ।  वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने गर्दछ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरु लाई सम्मानित गर्न लागिएको सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले बताउनु भयो । पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट कवि कुन्ता शर्मा, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार नरेश भण्डारी, प्रलेस युवा पुरस्कारबाट साहित्यकार गुरुप्रसाद कुमाल ‘बुलबुल’ र प्रलेस बाल साहित्य पुरस्कारबाट प्रा.डा.कपिल ला...
संविधानले सम्झिएका सुशील र सुवास

संविधानले सम्झिएका सुशील र सुवास

Breaking News 1, फिचर
एकराज पाठक, काठमाडौँ ।नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्‍यो होला ?नेपालमा दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कसरी ? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका राजालाई संविधानमुनि राख्नुपरेको थियो र देशको शासन सत्ताको बागडोर राजनीतिक दलमा ल्याउनुपरेको थियो । त्यसैले विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनः स्थापना गरेपछि बनेको अन्तरिम सरकारका सामु संवैधानिक राजतन्त्रात्मक संविधान निर्माण पहिलो र जटिल काम थियो । राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको तल राख्न मानिरहेका थिएनन् । तर सरकारका सामु प्रजातान्त्रिक संविधान...
भारत र क्यानडाबिच कूटनीतिक तनाव बढ्दै 

भारत र क्यानडाबिच कूटनीतिक तनाव बढ्दै 

Breaking News 1, अन्तर्राष्ट्रिय
भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। उनलाई देश छोड्नको लागि ५ दिनको अल्टिमेटम दिएको छ ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले संसद्को आकस्मिक बैठकमा सिख नेता हरदीपसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न रहेको आरोप लगाएका थिए। उनले संसद्मा  भनेका  थिए, भारत सरकारको एजेंट्सले  क्यानडाको  सिख समुदायको नेता  हरदीप सिंह निज्जरकाे  हत्या गर्याे ।  हरदीपसिंह निज्जर उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए । हत्याको आरोप लगाउँदै क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो।  क्यानडाका  विदेश मन्त्री मेलनी जॉलीले भनेका छन्, उनको सरकारले एक जना भारतीय  कूटनीतिज्ञल...
अस्कर अवार्डको ९६औँ संस्करणमा  नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने 

अस्कर अवार्डको ९६औँ संस्करणमा  नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने 

Breaking News 1, मनोरञ्जन
काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र 'हल्कारा' ले गर्ने भएको छ ।  उक्त विधाका लागि हल्कारा सहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए ।  प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गरिएको जानकारी हुन आएको छ ।  कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ । आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनीता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् । ९६ औँ ओस्कार अवार्ड आगामी मार्च १० मा अमेरिकाको लस एन्जल...
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने 

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने 

Breaking News 1, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिइने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको समेत जानकारी दिए' प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित गरिने छैन।’    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । प्रधानमन्त्री दाहाल आजै न्यु योर्क आउनुभएका हुन् । उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए । प्रधान...
गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

Breaking News 1, समाचार
काठमाडौँ । तीनकुने स्थित गैह्री गाउँमा शनिवार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडा घारी क्षेत्रबाट पक्राउ गरेको थियो ।   घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  उनले फर्निचरमा पसेर चार जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिवार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो। ह...
ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

Breaking News 1, अन्तर्राष्ट्रिय
ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार  ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ ।  बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ । 
८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

Breaking News 1, अन्तर्राष्ट्रिय
वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो । कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीले दिएका छन् । तीन ओटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"