Breaking News 1

फाईनलमा मछिन्द्र र एपीएफबिच प्रतिस्पर्धा ः बागमति गोल्डकप

फाईनलमा मछिन्द्र र एपीएफबिच प्रतिस्पर्धा ः बागमति गोल्डकप

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिकामा जारी छैठौं संस्करणको बागमति गोल्डकपको अन्तिम खेल बिहिबार हुदै छ । फागुन १ गते देखि सरु भएको प्रतियोगिताको बिहिबार अन्तिम खेल हुने र समापन हुने भएको हो । प्रतियोगिताको अन्तिम खेलमा मछिन्द्र फुटबल क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्ल्ब भिच प्रतिस्पर्धा गर्ने छ । बुधबार भएको प्रि म्यान कन्फेन्समा दुबै टोलिले जितको लक्ष्य रहेकोे दाबी समेत गरेको छ । प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
शेयर बजार आज पनि घट्यो

शेयर बजार आज पनि घट्यो

Breaking News 1, समाचार
काठमाण्डौ /शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा झरेको छ । आज उत्पादनबाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६३ लाख ४१ लाख कित्ता शेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।...
विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै

विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद
काठमाण्डौ/ नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।...
कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 1, प्रमुख समाचार
काठमाडौं । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ । अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक...
फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्दै ः बागमती गोल्डकप  

फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्दै ः बागमती गोल्डकप  

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा ः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्दैछ । दिउँसो १ हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । विजयी टोलीले उपाधीका लागि बिहिबार मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ट...
एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश ः बागमति गोल्डकप

एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश ः बागमति गोल्डकप

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मछिन्द्र फुटबल क्बल फाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए लगतै उनले १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेश गरेको मछिन्द्र उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
वीरगञ्जमा कर्फ्यू आदेश जारी

वीरगञ्जमा कर्फ्यू आदेश जारी

Breaking News 1, समाचार
काठमाडौं /रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ । गत बिहीबार भएको घटनापछि रौतहटमा शनिबारदेखि लगाइएको कर्फ्यू अझैसम्म निरन्तर छ । घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ । उक्त क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा ¥याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि ग...
भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

Breaking News 1, प्रवास, समाचार
काठमाडौँ / सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको हो । सुरक्षित आप्रवासनमा काम गर्दै आएका संघ संस्थाले आप्रवासनमा देखिएका विभिन्न समस्याहरुमाथि गहन छलफल र विश्लेषणपछि काठमाडांै घोषणा पत्र जारी गर्दै सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरुले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् । सुदूरपश्चिममा सुरक्षित आप्रवासनमा का...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

Breaking News 1, समाचार
काठमाडौं / आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । आज प्रधानमन्त्री दाहाललाई १३ सांसदहरुले प्रश्न सोध्ने छन् भने सोधिएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।...
हेटौंडा १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम

हेटौंडा १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको हेटौंडा १३ स्थित पदमपोखरी गुम्बाडाँडामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । ल्होछार वृहत सांस्कृतिक कार्यक्रम मुल समारोह समितिले शुक्रबार आयोजना गरेको डुक मु ल्हो सोनाम ल्होछार कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा र ल्होछार मुल समारोह समितिका अध्यक्ष सोमलाल थिङको सभा अध्यक्षमा ल्होछार कार्यक्रम भएको थियो । उर्गेन दोङको मुख्य प्रस्तुति रहेको थियो । आफ्नो भाषा, संस्कार साँस्कृति तथा लिपिको प्रवर्द्दन गरौँ सोनाम ल्होछार सांस्कृतिक पर्वको रुपमा विकास गरौ भन्दै कार्यक्रमका आयोजना गरिएको हो । कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङाको मुख्य प्रस्तुति संगै अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटौंडा ८, का वडा अध्यक्ष राम थापा, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्ता...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"