Breaking News 1

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

Breaking News 1, खेलकुद, समाचार
मंसिर ३ ,काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५  रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ । यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।...
रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

Breaking News 1, राजनीति, समाचार
काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।  ...
अस्पताल एक बर्ष अघि नै सञ्चालनमा, प्रधानमन्त्रीले गरे आज उद्घाटन

अस्पताल एक बर्ष अघि नै सञ्चालनमा, प्रधानमन्त्रीले गरे आज उद्घाटन

Breaking News 1, समाचार, समाज
तनहुँ, १ मंशिर । एक बर्ष अघि नै सञ्चालनमा आएको अस्पताल आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । तनहुँको दमौलीमा आयोजित एक बिशेष समारोहका बिचमा शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पताल उदघाटन गरेका हुन् । सो गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले आज शुक्रबार उद्घाटन गरेका हुन । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो। अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ। अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए । अस्पतालमा एक्सरे सेवा...
काठमाडौंका नदी तथा पोखरीहरुमा पनि छठ पूजाको तयारी

काठमाडौंका नदी तथा पोखरीहरुमा पनि छठ पूजाको तयारी

Breaking News 1, समाचार
कात्तिक ३०, काठमाडौंँ । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी भइरहेको छ । काठमाडौँमा पनि छठ मनाउने समुदायको बाक्लो बसोबास रहेकाले यहाँका नदी तथा पोखरीहरुमा छठ पूजाको लागि तयारी अन्तिम चरणमा पुगेको हो । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको विभिन्न १३ स्थानका जलासयमा छठ पर्वको तयारी भइरहेको छ । पोखरी तथा नदी किनारमा टेण्ट हाल्ने, सरसफाइ गर्ने काम सुरु भएको छ ।...
भाइटीकासँगै सकियो यो बर्षको तिहार

भाइटीकासँगै सकियो यो बर्षको तिहार

Breaking News 1, समाचार, समाज
२९ कात्तिक, काठमाडौँ । हिन्दु धर्मावलम्बी नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाएसँगै सकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो । शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन् । दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।...
आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।...
नवलपरासी जीप दुर्घटना मृतकको सनाखत

नवलपरासी जीप दुर्घटना मृतकको सनाखत

Breaking News 1, समाचार
काठमाडौं, २६ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ। बर्दघाट सुस्ता पूर्व बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप आज देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, कावासोती बस्ने १७ वर्षीय अस्विन गैह्रे, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०/४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालक...
तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने चलन रहि आएको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना,...
झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

Breaking News 1, समाचार, समाज
कार्तिक २५ , झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन्। उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ। आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।...
आजदेखि तिहार सुरु

आजदेखि तिहार सुरु

Breaking News 1, समाचार
कात्तिक २५, काठमाडौं । हिन्दु धमार्वलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"