Breaking News 1

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

Breaking News 1, प्रमुख समाचार
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए । जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।  ...
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार, जहाजमा १९ जना सवार

जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार, जहाजमा १९ जना सवार

Breaking News 1, प्रमुख समाचार
काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ । प्रत्यक्ष दर्शिका अनुसार जहाजले धावन मार्ग छोड्नसाथ बजारिएको बताएका छन् । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा १९ जना  सवार रहेको जनाएको छ ।...
बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले दिएको जानकारी अनुसार मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण आज बिहान ११ बजेर ११ मिनेट मा गरिने भएको हो । यस प्रदेशमा बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरु मध्य धेरैको नाम र मन्त्रालय टुङ्गो लागेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीमा नियुक्त भएसंगै आज सपथग्रहण गर्न लागिएको हो । यस प्रदेशमा आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सहितका ७ मन्त्रालय कांग्रेसको भागमा परेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय सहितका ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको छ ।...
बागमती प्रदेशका सामाजिक विकास मन्त्री र कृषि मन्त्रीद्धारा प्रगति विवरण सार्वजनिक

बागमती प्रदेशका सामाजिक विकास मन्त्री र कृषि मन्त्रीद्धारा प्रगति विवरण सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारमा नेकपा माओवादीका शालिकराम जम्कट्टेलले आईतबार राजिनामा दिए लगत्तै मन्त्रीहरुले भटाभट आफ्नो कार्यकालमा गरेका कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । जम्कट्टेल नेतृत्व सरकारमा मन्त्री रहेका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले १४ महिने कार्यकाल अवधिमा गरेका कार्यहरु सोमबार सार्वजनिक गरेका हुन् । कृषि मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा माटोको गुणस्तरमा सुधार ल्याउन प्रदेशका सात वटा पालिकामा कारखाना स्थापनाको कार्यक्रम समावेश गरिएको बताउदै हप्ते स्किन डिजिज् रोकथामको लागि अभियान चलाई ४८३६४ गाईमा निशुल्क खोप लगाउन सफल भएको बताए । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित किसानलाई २ करोड ३० लाख ५९ हजार ८३ रुपैयाँ राहत रकम कृषकको खातामा पठाईएको उनले बताए । ...
कांग्रेस र  एमाले बीच भाग-बन्डा नमिल्दा बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्न ढिलाई

कांग्रेस र  एमाले बीच भाग-बन्डा नमिल्दा बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्न ढिलाई

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामाको दाबी पेश गर्न ढिलाई हुने भएको छ । कांग्रेस संसदीय दल नेता लामाले सोमबार बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी थियो तर नेपाली कांग्रेस र  एमाले बीच मन्त्रालय भाग बन्डा नमिल्दा ढिलाई भएको हो । कांग्रेसका नेताहरुले आजै मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बताएका थिए । तर सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका दल नेता जगन्नाथ थपलिया आकस्मिक रुपमा काठमाडौं हिँडेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रक्रिया रोकिएको हो । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजे भित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेको थियो । आइतबार माओवादीका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार ...
काभा यु-२० महिला भलिबल सेमिफाइनलमा नेपालले आज कीर्गिस्तानसँग खेल्दै

काभा यु-२० महिला भलिबल सेमिफाइनलमा नेपालले आज कीर्गिस्तानसँग खेल्दै

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाडौं । माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ । लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । त्यसअघि लिगमा पहिल‍ो भएको श्रीलंका र चोथै भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । लिग चरणमा श्रीलंकाले सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेको थियो । कीर्गिस्तानले दुई तथा नेपालले एक खेल जित्दा माल्दिभ्स सबै तीन खेलमा पराजित भएको थियो । लिग चरणमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।  ...
बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्व सरकारले गरेका कार्यहरु सार्वजनिक

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्व सरकारले गरेका कार्यहरु सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ राजनीतिक समीकरण परिवर्तन भई केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बने पछि बागमती प्रदेशमा नेपालि कांग्रेसको नयाँ सरकार गठन हुदै छ । बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल नेतृतवको सरकार ढल्ने भए पछि उनले  आफ्नोे ढेड बर्षे अवधिको कार्यकालमा सम्पन्न गरिएका कार्यहरु आईतबार सार्वजनिक गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलको १८ १८ महिने कार्यकालमा बागमती प्रदेश सरकार पुर्वधार र आर्थिक प्रगति गर्न सफल भएको दावि गरेका छन् । उनले ६ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको बताए । नीतिगत काम , संगठन संरचना व्यवस्थित ढंगले पास भई जिल्ला जिल्लामा सेवा प्रवाह भईरहेको बताए । उनले करिब चार सय हेक्टर भन्दा माथि सिँचाइ र खानेपानी आयोजना सम्पन्न भएको छ बताए । कृषि क्षेत्रमा नयाँ नीति अवलम्वन गरको मुख्ये बताए । स्थानिय सरकार संग समन्वय गरी प्राविधिक...
समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण- मन्त्री मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण- मन्त्री मोक्तान

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् । शनिवार हेटौडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको प्रथम भेलालाई सम्बोधन गर्दे मन्त्री मोक्तानले अबको क्रान्ति बिज्ञान र प्रविधिमा आधारित हुनुपर्ने बताइन् । प्राविधिक बिभागको प्रथम भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा ४ सदस्य मनोनित गर्ने गरि १५ सदस्यीय प्राविधिक बिभाग गठन गरेको छ । बिभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएकाछन् । भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घला...
प्रधानमन्त्रीले निर्देशन गर्दा पनि उद्योगको काटिएको लाइन जोड्न प्राधिकरण भएन तयार

प्रधानमन्त्रीले निर्देशन गर्दा पनि उद्योगको काटिएको लाइन जोड्न प्राधिकरण भएन तयार

Breaking News 1, अर्थ, प्रमुख समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पनि नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न तयार देखिएको छैन । शुक्रबार प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोडिदिन निर्देशन दिएका थिए । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकले लाइन नजोड्ने निर्णय गरेको जानकारी दिएको छ । शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएका थिए । प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको...
‘दोश्रो खप्तड भलिबल कप-२०२४’ को फाइनलमा उत्पन्न भएको विवाद के हो ? आयोजक र बाग्लुङ समाजको विज्ञप्ति हेर्नुहोस् ..

‘दोश्रो खप्तड भलिबल कप-२०२४’ को फाइनलमा उत्पन्न भएको विवाद के हो ? आयोजक र बाग्लुङ समाजको विज्ञप्ति हेर्नुहोस् ..

Breaking News 1, खेलकुद, प्रमुख समाचार, प्रवास, सुदूरपश्‍चिम प्रदेश
शुभराज भोम्जन  दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गरिएको दोश्रो खप्तड भलिबल कप २०२४ को फाइनल खेलमा विवाद सिर्जना भएको छ । उपाधिको लागि भिड्दै गरेको बाग्लुङ समाज र थेसो परिवारको खेलमा विवाद सिर्जना भएको थियो । नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा जुलाई १४ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको भलिबल कोर्टमा सुदूर पश्चिम समाज दक्षिण कोरियाद्वारा आयोजित “दोस्रो खप्तड कप २०२४” भएको भलिबल फाइनल खेलमा विवाद उत्पन्न हुँदा हुदै पनि विवाद समाधान नगरी विपक्षी टिमलाई विजेता घोषणा गरेकोमा बाग्लुङ समाजले एक प्रेस विज्ञप्ति निकाली आपत्ति जनाएको छ। बाग्लुङ समाजले जारी गरिएको विज्ञप्तिको काउण्टरमा आयोजक संस्थाले विवादको वास्तविकता सम्बन्धी केही कारणहरू खुलाएर थेसो परिवारलाई विजयी घोषणा गर्नु स्वभाविक रहेको उल्लेख गरिएको छ । त्यसैगरी भलिबल संघ दक्षिण कोरियाले पनि एक विज...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"