Breaking News 1

शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

Breaking News 1, शिक्षा, समाचार
काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि मन्त्रालयले आयोगसँग दलको विवरण मागेको हो । मन्त्रालयमा दलीय आबद्धता भएका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ ।...
सरकारले यातायात क्षेत्रको माग व्यवास्था गरे सत्याग्रह बस्ने, देशभर यातायात अनिश्चित कालिन बन्द गरिने

सरकारले यातायात क्षेत्रको माग व्यवास्था गरे सत्याग्रह बस्ने, देशभर यातायात अनिश्चित कालिन बन्द गरिने

Breaking News 1, समाचार
हेटौंडा/ राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले यातायात क्षेत्रमा भएको विकृति विरुद्ध सरकार समक्ष माग राखेका छन् । १४ बुदे माग रहेकोमा २३ गते सम्म माग पुरा गर्न सरकारलाई अल्टिमेट दिएका थिए । सरकारले तोकिएको समय अवधिमा मागहरुलाई वास्ता नगरे यातायात व्यवसायीहरु सत्याग्रह बस्ने भएका छन् ।   राष्ट्रिय संघर्ष समिति यातायात संगठन र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान यातायात संगठन विभागको सहकार्यमा शान्तिपुर्ण (आमरण) सत्या ग्रह बस्ने भएको हो ।  सरकारले तोकिएको समय अवधिमा मागहरुलाई वास्ता नगरे १ सय १ जना यातायात व्यवसायीहरु सत्याग्रह बस्ने भएका छन् । बैशाख २४ गते काठमाण्डौँको कलकींमा ५ देखि १० हजार यातायात व्यवसायिहरुको सहभागिमा  कार्यक्रम हुने  महा अभियान यातायात प्रमुख निरधोज खड्काले बताएका छन् । देशमा भएको कुशाषण र यातायात क्षेत्रमा भएको विकृति विरुद्ध भन्दै यातायातका विभिन...
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

Breaking News 1, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलकपरियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलकोबैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्रीनियुक्त गरेका हुन् ।...
बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

Breaking News 1, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रमा ४० भन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् । सोमबार विभिन्न पार्टी परित्याग गरि व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । बागमती गाउँपालिका झुरझुरेमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा नेकपा एमालेका निर्मल राई...
कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।  अमिर शेख तमिमबिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरणपोखरेलले रातोपाटीलाई जानकारी दिए । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।...
सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।   सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो । अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आश...
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ । आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लाग...
मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । गढी गाउँपालिका वडा नम्बर–८ मा अवस्थित जंगलमा  स्थानियहरुले  कंकाल फेला पारेको हो । कसको सबको कंकाल भन्ने जानकारीमा नआएको र मृत मानिसको कंकाल रहेकोले बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
अञ्जना तामाङ हेटौंडा / सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिकाले आश्रय लिदै आइरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर - ४ मा अवस्थित सेन्टर फर अटिजम मकवानपुरमा २ बर्ष देखि १० बर्ष सम्मका बालबालिकाहरु आश्रित रहेका छन् ।  बि सं २०७८ साल भदौ २४ मा अटिजम भएका बालबालिकाको तिन जना आमाले सञ्चालनमा ल्याएको यस सेन्टरले अटिजम भएका बालबालिकाहरुलाई बिषेश शिक्षा प्रदान गर्दै आइरहेका छन् । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने र एउटै कुरा दोहोर्याउने यस्ता समस्या भएका बालबालिकाको सो सेन्टरमा रहेका छन् । यस्ता अटिजम भएका बालबालिकाहरुलाई विगत २ बर्ष देखि स्कुलिङ्ग गर्दै आईरको उनले बताईन् । बालबालिकाले दैनिक जिवनमा कसरी आफ्नो दैनिकी गर्ने र सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थ...
इजरायलद्धारा इरानमाथि मिसाइल आक्रमन

इजरायलद्धारा इरानमाथि मिसाइल आक्रमन

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"