Breaking News 1

भाइटीकासँगै सकियो यो बर्षको तिहार

भाइटीकासँगै सकियो यो बर्षको तिहार

Breaking News 1, समाचार, समाज
२९ कात्तिक, काठमाडौँ । हिन्दु धर्मावलम्बी नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाएसँगै सकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो । शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन् । दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।...
आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।...
नवलपरासी जीप दुर्घटना मृतकको सनाखत

नवलपरासी जीप दुर्घटना मृतकको सनाखत

Breaking News 1, समाचार
काठमाडौं, २६ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ। बर्दघाट सुस्ता पूर्व बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप आज देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, कावासोती बस्ने १७ वर्षीय अस्विन गैह्रे, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०/४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालक...
तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने चलन रहि आएको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना,...
झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

Breaking News 1, समाचार, समाज
कार्तिक २५ , झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन्। उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ। आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।...
आजदेखि तिहार सुरु

आजदेखि तिहार सुरु

Breaking News 1, समाचार
कात्तिक २५, काठमाडौं । हिन्दु धमार्वलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।...
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

Breaking News 1, राजनीति, समाज
कार्तिक २४, थवाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए । ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ, उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लाषगि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन्। त्यसलाई मैले गम...
अमेरिकाले तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा रोक्यो

अमेरिकाले तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा रोक्यो

Breaking News 1, अन्तर्राष्ट्रिय
वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन  । अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ । जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ । बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन र अध्यागमन एजेन्टहरू, वकिलहरू र शरण अधिकारीहरू भर्ती गर्न कांग्रेससँग थप १३.६ बिलियन डलरको माग गरेका छन्।...
जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

Breaking News 1, राजनीति, समाचार
२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ (जनयुद्ध) नै हो, प्रचण्डले भने । प्रधानमन्त्रीले भने – ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । ’ प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको भन...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

Breaking News 1, समाचार
कात्तिक २३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"