काठमाण्डौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरूले प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।
मकवानपुर/ पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ७ः४५ बजे स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी भएको थियो। आगलागी नियन्त्रण गर्ने क्रममा जिम्बा घाइते भएका छन् । उनका दुवै हात र खुट्टा पोलेको छ भने शरीरको करिब ४० प्रतिशत भाग जलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । जिम्बालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पसल सञ्चालकले घर अगाडि बालेको दियोमा पेट्रोल ड्रमबाट इन्धन हाल्ने क्रममा ड्रम पल्टिँदा आगो सल्किएको हो । आगलागीबाट दुईतले पक्की घर जलेर नष्ट भएको छ। नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्...
हेटौँडा/ बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले प्रदेश सुशासन ऐन, २०७७ सम्बन्धी उत्तरविधायिकी परीक्षण प्रतिवेदन पेश गररिएको छ । प्रतिवेदन केवल दस्तावेज नभई लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रयासको रूपमा तयार पारिएको बताइएको छ ।
प्रतिवेदनले सरकारी निकायहरूमा अझै समन्वयको कमी, स्रोतसाधनको अभाव र क्षमता विकासको चुनौती देखाएको छ । ऐनले नागरिकलाई जवाफदेही, पारदर्शी र जनमैत्री सेवा प्रवाह गर्ने कानुनी आधार तयार पारेको भए पनि व्यवहार र कार्यान्वयनमा पर्याप्त चुनौतीहरू देखिएका छन् । समितिले समाधानका लागि विभिन्न सिफारिसहरू पनि अघि सारेको छ। संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सूचना प्रविधि र डिजिटलीकरणको प्राथमिकता, नागरिकको गुनासो समाधान प्रणाली छिटो, सरल र प्रभावकारी बनाउने उपाय, भ्रष्टाचार नियन्त्रणका लागि नियमक निकायहरूबीच सहकार्य...
दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीहरूको सामाजिक,राजनीतिक तथा सामुदायिक हकहितको संरक्षण र सम्वर्द्धनमा विगत लामो समयदेखि क्रियाशील रहेको नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ।
नेपाली काँग्रेसप्रति आस्था राख्नेहरुलाई कृयाशील सदस्यता वितरण गर्ने अभियानमा सहभागी हुन समितिले विशेष अनुरोध गरेको छ। यस अभियानमा सहभागि भएर सदस्यता लिनको लागि जनसम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधिहरुसंग सम्पर्क गर्न सक्नेछन् ।
आजको मिति देखि दुई महिना सम्म सदस्याता वितरण अभियान चल्ने जनाएको छ । सदस्यता दर्ता अभियान मार्फत, कोरियामा अध्ययन,रोजगार वा व्यवसायका लागि बसोबास गर्दै आएका नेपालीहरूलाई देशको राजनीतिक मूलधारसँग प्रत्यक्ष रूपमा आबद्ध हुने अवसर प्रदान गरिएको छ ।
जनसम्पर्क समितिका सभापति भजिन्द्र बहादुर क्षेत्रीले यस अभियानलाई आफ्नो आस्थ...
हेटौंडा / भूमि समस्या समाधान आयोगले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने कामलाई तीव्रता दिइरहेको अवस्थामा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले सहकार्य गर्ने जनाएको छ ।
आयोगले यस वर्ष साउन ३० गतेसम्मको अन्तिम पटकका लागि ३५ दिने सूचना जारी गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको छ । यस क्रममा वडा कमिटी, टोल समिति, स्थानीय संगठन तथा जनप्रतिनिधिहरूलाई आवश्यक सहयोग, सूचना संप्रेषण र समन्वय गर्न आग्रह गरिएको छ । एमाले हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा सर्वसाधारणलाई समयमै आवश्यक कागजात बुझाएर प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।...
हेटौंडा / मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ ।
आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो । पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै ...
दक्षिण कोरिया । बिपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्को आइताबार उद्घाटन भएको छ । दोङदेमुन स्थित रहेको एनआरएनए कोरियाको कार्यालयलाइनै हेल्प डेस्कको रुपमा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीको प्रमुख आतिथ्यता रहनुका साथै एनआरएनए आइसीसीका अध्यक्ष महेश श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो । मन्त्री भण्डारी र अध्यक्ष श्रेष्ठ अनलाईन भर्चुअल माध्यमद्धारा कार्यक्रममा जोडिएको थियो । प्रमुख अतिथि भण्डारीले हेल्प डेस्क नेपालीहरुको सेवामा समर्पित कार्य भएकोले प्रसंशा गरिएको थियो । कार्यक्रमका अध्यक्ष एवं संस्थाका अध्यक्ष विपिन कुमार गुरुङले कोरियामा नेपालीहरुको थुप्रै समस्याहरु रहेको र त्यस्ता समस्याहरुको समाधान तथा सहजिकरण गर्नको लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको बताएका छन् ।
अध्यक्ष गुरुङले बताए...
हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रदेखि चिकित्साशास्त्र स्नातक (एमबीबीएस ) अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले ५० सिटको स्वीकृति दिएको हो । यससँगै हेटौंडा स्वास्थ्य शिक्षाको केन्द्र बन्ने दिशामा अघि बढेको छ ।
प्रतिष्ठानमा यसअघि नै स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् । यस वर्ष नर्सिङ स्नातक (बीएस्सी नर्सिङ) को सिट २० बाट बढाएर ३० गरिएको छ । यस्तै, चिकित्सकीय प्रयोगशाला प्रविधि ९बीएमएलटी० र जनस्वास्थ्य स्नातक ९बीपीएच० २०–२० सिटमा यथावत सञ्चालन हुनेछ । फार्मेसी स्नातक ९बी–फार्मेसी० कार्यक्रम पनि ३० सिटमा निरन्तर रहनेछ । यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर ९एमडी० तहमा सात विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट छन् । स्त्री तथा प्रसूति विज्ञानमा २ सिट, र आन्तरिक रोग विशेषज्ञ, शल्य चिकित्सक, बाल रोग, हाड–जोर्नी तथा नशा रोग, पा...
हेटौँडा / बागमती प्रदेशसभाको अस्थायी भवन निर्माण सम्पन्न भई मंगलबार उद्घाटन गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालय परिसरमा बनेको भवनको उद्घाटन प्रदेशसभा सभामुख भुवनकुमार पाठकले गरेका हुन् । २०७७ मंसिरमा शिलान्यास भएको भवन १२ करोड ३३ लाख रुपैयाँ लागतमा प्रिफ्याब प्रविधिबाट निर्माण गरिएको हो । स्थायी संरचना निर्माणमा ढिलाइ भएपछि अस्थायी प्रयोगका लागि यो भवन तयार गरिएको हो । यसअघि प्रदेश सभा बैठक तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा सञ्चालन हुँदै आएको थियो। नवनिर्मित भवनबाटै नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिएका छा् ।...
हेटौंडा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले २६औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
“समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभा अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोक बाट सुरु भई बजार परिक्रमा गर्दै पुन ः सिमा चोकमा आएर कोण सभामा परिनत भएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि पत्रकार महासंघ बागमत्ी प्रदेहका अध्यक्ष मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएकोे छ । कार्यक्रममा फोनिजका पदाधिकारी, सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ लगायत सञ्चाकर्मीहरुको ...