Day: २ वर्ष अगाडि

रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

Breaking News 1, राजनीति, समाचार
११ मङ्सिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ। बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपा मधेश प्रदेश सभापति र महामन्त्रीलगायतको पनि सहभागीता रहेको थियो। बैठकमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका थिए। महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोमबार पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ। त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन्। आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन्...
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

समाचार
 ११ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्। अस्थायी आवास निर्माणका लागि  सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए। सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको कामका लागि स्रोतको कमि नरहेको बताए। उनले भूकम्पले पुर्याएको क्षतिको   तथ्याङ्क आउने बित्तिकै पुननिर्माणको काम सुरू गरिने उल्लेख गरे। उनले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थ...
राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

राजनीति, समाचार
  मंसिर ११, चिततवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका हुन् । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएएको भन्दै उनले राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए ।...
‘उडान’को दोस्रो टिजर सार्वजनिक

‘उडान’को दोस्रो टिजर सार्वजनिक

समाचार
मंसिर ११, काठमाडौं । निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निरन्जनकै सम्पादनमा तयार भएको फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । यो सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । यो फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ । म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । फिल्ममा बलराम बुढाथोकीको छायांकन छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए ।  फिल्मलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ, समाचार
मंसिर ११, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो । ११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम भएको हो । ११ कात्तिकमा छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ। लगानीको अरु क्षेत्र असुरक्षित देखिएपछि सुनमा लगानी गर्नेहरु बढिरहेका छन्, जसका कारण सुनको...
त्रिपालमा बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु

त्रिपालमा बस्दै आएकी सुत्केरीको चिसोका कारण मृत्यु

समाचार, समाज
मंसिर ११, काठमाडौं । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी महिना दिनको सुत्केरी थिइन् । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको छ ।...
युरोको भाउ १४६ रूपैयाँ पुग्यो

युरोको भाउ १४६ रूपैयाँ पुग्यो

अर्थ, समाचार
मंसिर ११, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १०  पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९८ रूपैयाँ ०४ पैसामा कारोबार गर्न अनुमति दिएको छ । जापानी येन १० को खरिददर ८ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९५ पै...
अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अबरोध, १०९ पक्राउ

अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अबरोध, १०९ पक्राउ

अन्तर्राष्ट्रिय, समाचार
मंसिर ११, सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् । सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् । जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ। अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ। सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो। अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३० घण्टाको नाकाबन्दीमा भाग लिएका थिए । तर दर्जनौं प्रदर्शनकारीहरू विरोध पानीमा नै रहेर बिरोध गरी अबरोध गरे पछि १०८ जनलाइ गिरफ्तार गरिएको थियो, जसमा पा...
चीनमा रहस्यमय रोग फैलियो, यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

चीनमा रहस्यमय रोग फैलियो, यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
मंसिर ११, बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको बताए । फेङले मुलुकमा औषधि आपूर्तिको ग्यारेन्टी हुनुपर्ने र उपचारको सुविधा बढाउनुपर्ने बताए । स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले विशेषगरी...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"