Day: २ वर्ष अगाडि

चन्द्रागिरि–चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ ः प्रधानमन्त्री

चन्द्रागिरि–चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ ः प्रधानमन्त्री

Breaking News 1, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताउनु भएको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताहरूले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष (आव) मै बजेट व्यवस्थापन हुने विश्वास दिलाउनु भयो । बुधबार नेकपा एमालेका सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरूले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने बताउनु भएको छ ।...
माओवादी केन्द्र हेटौंडा–१२ को नेतृत्वमा पोखरेल चयन

माओवादी केन्द्र हेटौंडा–१२ को नेतृत्वमा पोखरेल चयन

बागमती प्रदेश, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका – १२ नम्बर वडा कमिटिको नेतृत्वमा रामहरि पोखरेल चयन भएका छन् । बुधबार भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पोखरेललाई अध्यक्षमा सर्वसम्मत् चयन गरिएका हुन् । यस्तै, उपाध्यक्षमा अष्ट घलान, नवराज घलान, रविनकुमार प्रजा, सचिवमा माधव प्रसाद घिमिरे सहसचिव अञ्जु थिङ, औतर सिं गोले, कोषाध्यक्षमा लिलाकुमारी विक चयन भएका छन् । सदस्यहरुमा तुलाराज थिङ, घेसेदोर्जे बल, हरि पौडेल, भगवान अर्याल, शान्ता रुम्बा, रमिता बराल, सुनमाया दोङ, यशोदा खनाललगायत ३५ सदस्यीय वडा कमिटि चयन भएको छ ।यसैगरि, सम्मेलनबाट छिरिङ लामाको नेतृत्वमा ११ सदस्यीय माओवादी केन्द्रको युवा संगठन वाइसीएल वडा कमिटि चयन भएको छ । यस्तै, पार्वती घलानको नेतृत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटि चयन भएको छ । सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस...
बुधबार मनहरीमा आप्रवासनको प्रभावसम्बन्धी अन्तरक्रिया

बुधबार मनहरीमा आप्रवासनको प्रभावसम्बन्धी अन्तरक्रिया

Breaking News 2, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार आप्रवासनको प्रभाव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । मनहरी उँपालिकाको रोजगार शाखाको आयोजनामा भएको अन्तरक्रियामा सुरक्षित आप्रवासनका लागि दिइने परामर्श र आप्रवासनको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाको सहकार्यमा संचालन भइरहेको सुरक्षित आप्रवासी (सामी) कार्यक्रम १० वटै स्थानीय तहमा संचालन हुँदै आइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट चलिरहेको सुरक्षित आप्रवासी रोजगारी सम्बन्धी कार्यक्रम नेपाल भरीमा १५६ पालिका र ३८ जिल्लामा संचालन हुँदै आइरहेको छ । स्थानीय पालिका आफँैले संचालन गर्दै आएको कार्यक्रम मनहरी गाउँपालिकाले विगत ४ वर्ष देखि संचालन गर्दै आइरहेको जनाइएको छ ।...
कालिन्चोकमा हिमपात सुरु

कालिन्चोकमा हिमपात सुरु

Breaking news 3, बागमती प्रदेश, समाचार
दोलख ः दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउसो देखि कालिन्चोक भगवती मन्दिर लगाएत जिल्लाका उच्च भेगमा समान्य वर्षासहित हिमपात पर्न सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानाकारी दिनु भएको छ । गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज हिमपात भएको छ । कालिन्चोकमा दिउसो देखि हिमपात सुरु भए सँगै मन्दिरमा दर्शन गर्न गएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावीत बनाएको छ। यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात पर्न सक्ने अनुमान यहाँका होटल व्यवसायीहरुले आकलन गरेका छन् । हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ,चेर्दुङ लगाएतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरेका छन् । हिउँमा रमाउन यहाँ आन्तरिक तथ...
हेटौंडाको बौद्ध टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने

हेटौंडाको बौद्ध टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज
अन्जना तामाङ हेटौंडा/ हेटौंडा २ स्थित बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय दोर्जे फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । बौद्ध माणि टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने बुधबार आयोजक समितिले पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो । वाङ अभिषेक कार्यक्रम र केहि महत्जपुर्ण धार्मिक प्रवचन ज्याम्याङ कुश्याब् रिन्पोछेज्युको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यमा ३ दिवसीय पुजा हुने जनाएको छ । उक्त पुजामा १० लाख लागत लाग्ने र ३ दिनमा ५ हजार देखि ८ हजार सम्म भक्तजन आउने अनुमान गरिएको छ । यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमु...
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एकजना प्रहरीको फन्दामा

गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एकजना प्रहरीको फन्दामा

Breaking News 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जना प्रहरीको फन्दामा परेको छ । संखुवासभाका ३२ वर्षीया केशरमान राईलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । पक्राउ परेको राईलाई विद्युतिय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।   &n...
पुर्व राजा ज्ञानेन्द्र शाह धार्मिक क्षेत्र अवलोकन गर्न ७ गते हेटौंडा आउदै

पुर्व राजा ज्ञानेन्द्र शाह धार्मिक क्षेत्र अवलोकन गर्न ७ गते हेटौंडा आउदै

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह माघ ७ गते आईतबार हेटौंडा आउने भएको छ । हेटौंडामा अवस्थित विभिन्न धार्मिक क्षेत्रको अवलोक गर्न हेटौंडा आउने भएको हो ।     पुर्व राजा शाहको चुरियामाई मन्दिर प्रस्थान गर्ने र शाहको स्वागत गर्ने मुल समारोह समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । शाहले आईबार १२ बजे हेटौंडा १३ पदमपोखरी स्थित ज्याङछुपलिङ पोतला गुम्बा र १२ः३० हेटौंडा १० स्थित भुटनदेवि मन्दिरमा शुभेच्चुक भेटघाट तथा पुजा आराधाना गर्ने जनाएको छ । यसै गरी ४ः३० बजे हेटौंडा रिर्सोटमा प्रस्थान गरी शुभेच्चुक संग अन्तरक्रिया गर्ने आयोजकले जानकारी दिएको छ ।...
हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा । हेटौंडामा सिएमसी चुरेहिल अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौंडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो । ‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले बताएका छन् । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । १५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उनले बताए । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो । विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनप...
रास्वपाको केन्द्रीय समितिको आज बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको आज बैठक बस्दै

Breaking News 1, मुख्य समाचार, राजनीति
काठमाडौं /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बैठक बस्दैछ । बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो तीन बजे बस्ने सचिवालयले जनाएको छ । आज बस्न लागेको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुने बताइएको छ । यस्तै आर्थिक तथा प्रशासनिक नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्तावको तयारी लगायतका एजेन्डामा छलफल हुनेछ ।...
मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

Breaking News 1, समाचार, समाज
काठमाण्डौ/ गएको माघ १ गतेदेखि काठमाण्डौमा फेरि आउन थालेको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेको हो । पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणको क्रममा केहीबेर पानी धमिलो आउनसक्ने भए पनि फेरि सफा र शुुद्ध पानी नै आउने मन्त्रालयको भनाइ छ । यस्तै मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा वितरण गर्ने सरकारको लक्ष्य छ । मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"