Day: २ वर्ष अगाडि

हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउने भएको छ । मकवानपुर जिल्ला अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव आउने भएको हो । जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कार्यलयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दे माघ २४ गते यादव हेटौंडा आउने बारे जानकारी दिएको थियो । कार्यक्रममा नगर कमिटी संयोजक कविन सिन्तानको सभाध्यक्षता र यादवको प्रमुख आतिथ्यता रहने मकवानपुर जिल्ला कार्यलयले जनाएको छ ।...
गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली

गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली

Breaking news 3, शिक्षा, स्वास्थ्य
काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे । शनिवारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उहाँले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए । युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए ।...
निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा

निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा

Breaking News 2, समाचार
हेटौंडा/ निर्माण ब्यवसायी महासंघ मकवानपुरको २४ औं साधारण सभा समपन्न भएको छ । शनिबार संघको साधरण सभा सञ्चालन गरिएको हो । सभामा निर्माण ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता तथा निर्माण ब्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कडेलको सभा अध्यक्षतामा सभा सञ्चालन भएको थियो । प्रमुख अतिथि सिंहले कार्यक्रमको उद्धघाटन गर्दै महा संघ जिम्मेवार हुने र निर्माण ब्यवसायी संघको भवन निर्माणलाई बढी प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
सिन्धुली/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताए। सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।...
अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी–वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए। यी विमानहरू अमेरिकाबाट उडेका थिए। अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो । ३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीनवटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे। यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"