Day: २ वर्ष अगाडि

मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा शनिबार बिहान सवारी दुर्घटना भएको छ । मदनभण्डारी लोकमार्ग अन्तरगत काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं.को इभी भ्यान अनियन्त्रित भई नालामा खसेर दुर्घटना भएको हो । सवारी दुर्घटनामा परेर तीन जना घाइते भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घाइते हुनेहरुमा गाडी चालक धनकुटाको बुद्ध नगरपालिका–१, हिले बस्ने वर्ष ५२ को देवी थापा, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० की प्रमिला तामाङ र काठमाडांै चावेल बस्ने वर्ष ४८ की बिना तामाङ लामा रहेका छन् । घाइते तीनै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"