‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने
हेटौंडा / अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी प्राप्त भएको छ। निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन्। यस कम्पनीका सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।
सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश भएको कारण निर्माताले भारतमा प्रथामिकताका साथ तेलुगु भाषामा पनि रिलिज गर्ने योजना बनाएको अभिनेता हरिहर अधिकारीले जानकारी दिए। भारतीय वितरकहरूले पनि सिनेमा प्...