बागमती प्रदेशको बजेट खर्च उत्साह जनक
हेटौंडा / बागमती प्रदेश सरकारको बजेट खर्च उत्साह जनक देखिएको छ भने विकास निर्माणमा वित्तीय प्रगति निराशाजनक रहेको छ । बागमतीको चालुतर्फको बजेट कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता सहित कार्यालय व्यवस्थापनका लागि खर्च चएको देखिन्छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ ।
माघ मसान्त सम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । त्यसमध्ये १३ अर्ब भएको आर्थिक मामिला तथा योजनामन्त्रालयले जानकारी दिएको छ । गत पुस मसान्त सम्म १६.२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को माघ मसान्त सम्म बागमती प्रदेशको बजेट खर्च पुँजीगतमा भन्दा चालुमा झन्डै ८ अर्ब रुपैयाँ बढी निकासा छ । कुल बजेट खर्च मध्ये चालूतर्फ ७ अर्ब ७२ करोड ...