Day: ९ महिना अगाडि

दक्षिण कोरियामा नेपाली श्रमिकलाई न्याय

दक्षिण कोरियामा नेपाली श्रमिकलाई न्याय

Breaking news 3, दक्षिण कोरिया, समाचार
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरको निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरीमा आत्महत्या भएको घटनामा अदालतले दोषीलाई सजाय सुनाएको छ। मोक्पो अदालतले अगस्ट २० मा फैसला गर्दै फर्म मालिकलाई दुई वर्ष कैद र १० लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको हो ।यो निर्णय प्रवासी श्रमिक र अधिकारकर्मीहरूको निरन्तर दबाब र आन्दोलनको परिणाम हो। तर अझै पनि श्रमिकहरूले कार्यस्थलमा दुर्व्यवहार र भेदभाव झेल्नुपरेको भन्दै अधिकारकर्मीहरूले वास्तविक सुधारका लागि दबाब जारी राख्ने बताएका छन् । एमटियुले यो फैसलालाई श्रमिकलाई हेप्न सकिँदैन भन्ने सन्देशका रूपमा लिँदै सेप्टेम्बर २१ मा सउलमा आयोजना हुने राष्ट्रिय जुलुसमा सबै श्रमिकलाई सहभागी हुन आह्वान गरेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"