हेटौंडामा तिहार लक्षित बजार अनुगमन
हेटौंडा/ हेटौंडामा तिहार लक्षित बजार अनुगमन सुरु गरिएको छ । तिहार नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजगर गर्दै बुधवारदेखि उद्योग तथा वाणिज्य कार्यालय मकवापुरका प्रमुख रामप्रसाद भुसालको नेतृत्वमा बजार अनुगमन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर , हेटौंडा उपमहानगरपालिका , मकवापनुर उद्योग वाणिज्य संघ , उपभोक्ता हकहित संरक्षण मंचको संयुक्त टोलीले हेटौंडा बजारमा रहेका व्यवसायिक पसलहरुको अनुगमन गरिएको थियो । बुधवारदेखि सुरु भएको अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षहरुको अनुगमन गरिएको प्रमुख भुसालले बताए । हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएसँगै अनुगमन टोलीले व्यवसायिक पसलहरुमा विक्रि गर्न राखिएको प्लाष्टिकका फुलहरु हटाउन निर्देशन दिएको प्रमुख भ...