हेटौंडा / लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल चयन भएका छन् । खनालको अध्यक्षतामा २७ सदस्यिय कार्यसमिति चयन गरिएको हो ।

बरिष्ठ उपाध्यक्षमा मदन गौतम, उपाध्यक्षमा किरण बन्जाडे, नरेश शर्मा, विज्ञान अर्याल, मिलन थापा मगर,नारायण न्यौपाने,बिरेन्द्र राहु मगर, नमुना ज्ञावली महिला उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा जयराम खनाल र सचिवमा दामोदर भुषाल,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिवमा वर्षा भण्डारी चयन भएका छन् ।
कोषाध्यक्षमा जितेन्द्र के सी र सह–कोषध्यक्षमा राजेश कुमार चौरसिया, साहित्य संयोजकमा शुशिल बि।क, युवा संयोजकमा खगेन्द्र कुमार घर्तिमगर, विद्यार्थी संयोजकमा सनु खनाल चयन भएका छन् । यसै गरी सदस्यहरु युवराज गौतम, सन्दिप न्यौपाने,सिद्धान्त कार्की,राज गौतम,जीवन थापा, तुल्सीराम खनाल,नारायण खनाल, दिनेश पराजुली चयन भएका छन् ।





























