काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपतिमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । सन् १९९१ देखि उनले पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।





























