हेटौंडा / मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडिमा खेतको आलीबाट लडेर प्रेम बहादुर तुमसिनको मृत्यु भएको छ ।

सोही स्थान बस्ने ७१ वर्षीय तुमसिनको शुक्रबार विहान ११ बजे छिमेकीको खेतको आलीबाट लडि हिलोमा घोप्टिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपति नगर मकवानपुरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको कमाण्डमा प्रहरी खटिएको प्रहरीले जनाएको छ ।





























