हेटौंडा / हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ । उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले उक्त मूल्य बराबरको तामाको तार चोरी भएको हो ।

‘कम्तीमा ४० लाख बढीको तामाको तार चोरी भएको छ, तर आलोचना होला भनेर गुपचुप राख्न खोजिएको छ,’ ती कर्मचारीले भने । हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले तार चोरी भएको पुष्टि गरे । ‘क्रसरबाट उद्योगसम्म क्रंकिट ल्याउन प्रयोग गरिने तामाको तार चोरी भएको छ । भण्डारीका अनुसार सिमेन्टको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ । सिमेन्ट उद्योगमा सीसीटीभी नहुँदा कसले चोरेको भन्ने अनुमान गर्न नसकिएको उनले बताए । मकवानपुर प्रहरीका अनुसार सिमेन्ट उद्योगमा चोरी भएको विषयमा आजै निवेदन आएकाले अनुसन्धान भइरहेको छ ।
अनलाईनखबरबाट,





























