आज कुकुर तिहार र लक्ष्मीपूजा

Advertisement

काठमाडौं / यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार मनाइँदै छ । यस्तै साँझ लक्ष्मीपूजा पनि गरिने भएको छ ।

आज दिउँसो दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यस समयपछि औँसी लाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । लक्ष्मीपूजा औँसीको साँझ वा रातिमा गर्ने विधान भएकाले आज नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । यस्तै बिहान चतुर्दशी तिथि भएकाले आज बिहान भने कुकुरको पूजा गर्नुपर्ने भएको हो ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिन कुकुरको पूजा गरेमा यमलोक प्रवेश गर्दा यमराजको ढोकामा द्वारपाल रहेका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । पूजा गरि कुकुरलाई खाने कुरा दिइन्छ ।

आज नर्के चतुर्दशी पनि हो । आज बिहानै आकाशमा तारा हुँदै तेल लगाएर नुहाउने र नरक जानु नपरोस भन्दै नदीमा बत्ती बगाउने भएकाले आजको दिनलाई नर्के चतुर्दशी (नरक चतुर्दशी) भनिएको हो । यसैगरि आज साँझ लक्ष्मीपूजा गरिँदैछ । औँसीको साँझ (राति) धनकी देवी लक्ष्मीको दीपावली गरि पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजा तिहारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । आज घर आँगनलाई लिप्ने वा सफा गरेर ढोका तथा झ्यालमा फूल इत्यादिले सजाइन्छ । धनकी देवी लक्ष्मीले सफा भएको स्थानमा मात्र बास बस्ने विश्वास गरिन्छ । आज साँझ आँगनदेखि मूल ढोका हुँदै पूजाकोठासम्म लक्ष्मीको पाइला बनाएर बत्ती बालिन्छ । चारै तिर बत्ती बालेर दीपावली गरेपछि दीयो कलश र गणेशको पूजा गरी धनका देवता कुवेर र लक्ष्मीको पूजा गरिन्छ । विधिपूर्वक पूजा गरेमा लक्ष्मी प्रसन्न भई धन र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"