बागमती प्रदेश कृषि मन्त्रालयलले पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई गर्यो कारबाही

Advertisement

हेटौंडा/ बागमती प्रदेशमा पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई कारबाहीसहित जरिवाना तिराइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत अगावै कानुनविपरीत फार्म सञ्चालनमा ल्याइएकोले ५ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

कारबाही पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–८, स्थित जि.जे पोल्ट्री प्रालि र काभ्रेको पनौती नगरपालिका–६ मा रहेको सफल कृषक ह्याचरी एण्ड ब्रिडिङ फार्म प्रालि रहेका छन् । कृषि मन्त्रालय मातहतको वातावरणीय अध्ययन प्रतिवेदनको जाँचबुझ गरि दाय प्रदान गर्न गठित समितिको सिफारिसमा प्रदेशकै वन तथा वातावरण मन्त्रालयले जरिवाना गराउने निर्णय गरेको हो । समितिले पोल्ट्री फर्मको अनुगमनमा कानुनविपरीत सञ्चालनमा आएको देखिएपछि कारबाहीका लागि कृषि मन्त्रालय हुँदै वन मन्त्रालयमा सिफारिस गरेको थियो । गत १७ भदौमा जिजे पोल्ट्री प्रालिलाई ५ लाख ५ हजार र ६ कात्तिकमा पनौतीको सफल कृषक ह्याचरीलाई ५ लाख १ हजार रुपैयाँ जरिवाना गर्ने वन मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय भएको थियो । जरिवाना तिरेकाले जिजे प्रालिको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको र सफल कृषकको स्वीकृतिको चरणमा रहेको कृषि मन्त्रालयले जनाएको छ । वन मन्त्रालयले ७ दिनको म्याद दिएर स्पष्टीकरण माग गरेकोमा दुवै पोल्ट्री फार्मका सञ्चालकले प्रतिवेदन स्वीकृत नगरी आयोजना सञ्चालन गरेको स्वीकार गरेकाले जरिवाना गराउने निर्णय भएको जनाएको छ । जाँचबुझ समितिले स्थलगत निरीक्षण गर्दा काननुविपरीत सञ्चालन गरेको पाइएकाले कारबाही गरिएको कृषि मन्त्रालयका कानुन अधिकृत राजेश तामाङले बताए । सफल कृषक ह्याचरीले प्यारेन्ट कुखुरा पालन र ह्याचिङ युनिट सञ्चालनका लागि र जि.जे पोल्ट्रीले ह्याचिङ युनिट स्तरोन्नती तथा निर्माण कार्य सञ्चालन गर्ने प्रयोजनका लागि वातावरणीय परीक्षण स्वीकृति मागेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"