रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पक्राउ पुर्जी

Advertisement

काठमाण्डौ / रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

फाईल फोटो

 

गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए । चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको पाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"