हेटौंडा/ लागु औषध गाजा सहित मकवानपुर प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्रदेश ०३–००१ च १५८४ नं को पिकअप गाडीलाई जाँच गर्दा १ सय ७५ केजी गाँजा फेला पारेको हो । गाडी चालक मकवानपुर बकैया गाउँपालिका ४ का २४ वर्षीय सुमन लामा र बकैया ११ बस्ने २४ वर्षीय सुशील ब्लोनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





























