हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न बन्द अवस्थामा रहेको रोप–वे बिक्री

Advertisement

हेटौंडा / हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न कच्चा पदार्थ खरिद गर्नको निमित्त बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरिएको छ ।

 

हेटौँडा -९ मा रहेको उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बाराको लिपनी मालस्थित श्री पिएस एन्ड सन्स इन्टरप्राइजेजलाई बिक्री गरेको हो । उद्योग प्रशासनले चार करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको छ । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार पहिलो किस्तामा एक करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरिसकेको सुचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन् । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको जनाएको छ । उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायतका फलामजन्य सामान बिक्री गरेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । बन्द अवस्थामा रहेको रोप–वेको टावर, तार र बकेट गरी करिब १५ सय टन फलाम रहेको अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"