नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र तयारीका विषयमा गहन छलफल

Advertisement

हेटौंडा – मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र आवश्यक तयारीका विषयमा गहन छलफल भएको छ ।
स्वतन्त्र पत्रकार संघ, मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रूपमा उपस्थित रहेका थिए । छलफल कार्यक्रममा वरिष्ठ पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौतीभन्दा अवसर बढी रहेको बताउनु भयो । विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त रहेको तर अहिले प्रविधिको विकास भए पनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको उहाँको बुझाई छ । उहाँले प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तिव्र भए पनि समाचारको गहिराइ र विश्वसनीयता खस्किरहेको बताउनु भएको छ ।

यसै गरी सञ्चार रजिष्ट्रार सापकोटाले इन्टरनेटको विकाससँगै अनलाइन सञ्चारमाध्यमहरू बढ्दै गए पनि समाचारको गुणस्तरमा वृद्धि नभएको बताउनुभयो । अहिले पत्रकारितामा खोज पत्रकारिता र गुणस्तरीय सामग्री निर्माण गर्ने संस्कारको विकास हुन नसकेको उहाँको बुझाई छ । सञ्चार रजिष्ट्रार सापकोटाले सञ्चार माध्यमको आम्दानी खुम्चिंदै गएको र लगानी बढ्दै गएको उल्लेख गर्दै सञ्चार व्यवसायलाई टिकाउन आर्थिक सन्तुलन आवश्यक रहेको बताउनुभयो ।

यस्तै महासंघका जिल्ला अध्यक्ष अधिकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुने कुरामा जोड दिनु भयो । अहिले सरकार र कानुनी व्यवस्थाले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको तर स्वतन्त्र पत्रकारिता कायम राख्न कानुनी सुरक्षा आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले नयाँ पुस्ताका पत्रकारहरूले अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने र सामाजिक परिवर्तनका संवाहक बन्नुपर्ने बताउनु भयो ।

यसैगरी युवा पत्रकार थिङले नयाँ पुस्ताले डिजिटल मिडियामा अवसर खोज्न सक्ने, तर सामग्रीको गहिराइ र पत्रकारिता आचारसंहिता पालना नगर्ने प्रवृत्तिले समस्या निम्त्याउने गरेको बताउनुभयो । आजको पुस्ताले प्रविधि सजिलै आत्मसात गरेको तर सामग्रीको खोजीमा मेहनत नगरेको उहाँको भनाई छ । उहाँले नयाँ पुस्ताले सिर्जनात्मक पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ र सत्यतथ्यमा आधारित समाचार उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले मकवानपुरे पत्रकारितालाई थप प्रभावकारी बनाउन प्रशिक्षण, अनुसन्धानात्मक पत्रकारिता, डिजिटल प्लेटफर्महरूको सही उपयोग, नीति निर्माण र वित्तीय व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेका थिए । स्वतन्त्र पत्रकार संघ, मकवानपुरका सचिव बसन्त भण्डारीले सहजीकरण गरेको कार्यक्रमको समग्र विशेष टिप्पणी अग्रज पत्रकार राममणी दाहालले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"