प्रदेश स्पोर्टस अवार्ड हेटौंडामा हुने

Advertisement

हेटौंडा /  बागमती प्रदेश सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय खेल सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । “प्रदेश स्पोर्टस अवार्ड ” नाम दिइएको कार्यक्रम आगामी आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने मन्त्रालयले जनाएको छ ।

कार्यक्रमको जानकारी दिन बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले खेलकर्मी, प्रशिक्षक र खेल पत्रकारहरूलाई राज्यले औपचारिक रूपमा सम्मान गर्ने परम्पराको सुरुआत गर्न लागिएको जानकारी दिए । उनका अनुसार लामो समयदेखि योगदान पु¥याएका व्यक्तिहरूको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रदेशस्तरीय सम्मान प्रदान गरिनेछ। साथै, खेलकर्मीको मनोबल वृद्धिसँगै देशबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने उद्देश्य पनि कार्यक्रमको केन्द्रमा रहेको उनले बताए । निमित्त सचिव सूर्य बहादुर दाहालका अनुसार सम्मान कार्यक्रम अन्तर्गत ८ फरक विधामा १२ जना व्यक्तित्व चयन गरिएको छ। उत्कृष्ट महिला तथा पुरुष खेलाडी, युवा खेलाडी, प्रशिक्षक, जीवन उपलब्धि, बागमती खेलकुदको पहिचान, लोकप्रिय खेलाडी र उत्कृष्ट पत्रकारका रूपमा विभाजन गरिएको छ । कार्यक्रममा चार विधाका व्यक्तित्वलाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिने छ भने अन्य विधामा ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथिको रूपमा सहभागी हुने तय भएको छ । मन्त्रालयका अनुसार युथ समिट भने केही समयपछि अलग कार्यक्रमका रूपमा आयोजना गरिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"