“युवाको विकास र रोजगारीमा प्रदेश सरकार गम्भीर छ” – मन्त्री तामाङ

Advertisement

हेटौंडा/  मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुईवटा तालिम एकै दिन समापन गरिएको छ । बागमती प्रदेश उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले ३० दिने नेपाली कागज उत्पादन तालिम सञ्चालन गरेको थियो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम दिएको छ ।

दुवै तालिमको समापन कार्यक्रम डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षतामा र बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री तामाङले प्रदेश सरकारले युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यमा प्रतिबद्ध रहेको बताइन् । उनले आगामी आर्थिक वर्षमा सीमांतकृत समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन् । बोटे, मुसहर, हायू, माझी र वनकरिया समुदायका लागि चितवन, सिन्धुली, मकवानपुर र रामेछाप जिल्लामा बीउपूँजीसहित कार्यक्रम सञ्चालन गरिने उनले जानकारी गराइन् । मन्त्री तामाङले महिला उद्यमीलाई प्रोत्साहन गर्न उद्योग दर्ता शुल्क १२ हजारबाट घटाएर ३ हजारमा झरेको, ब्रोअरी दर्ता प्रक्रिया समेत सहज बनाइएको र बजेटलाई प्रत्यक्ष समुदायसम्म पु¥याउने व्यवस्था गरिएको बताइन् । उनले बजेटलाई ‘झोलामा हाल्ने’ प्रवृत्तिलाई निरुत्साहित गरिएको पनि उल्लेख गरिन् ।

कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङले गाजा खेती रोक्न युवालाई वैकल्पिक रोजगारी दिने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले युवालाई वैकल्पिक रोजगारी नदिई गाजा खेती रोक्न नसकिने बताए। उनले बजेट नछुट्याउने प्रवृत्तिको पनि आलोचना गरे । कार्यक्रममा मन्त्रालयका निमित्त सचिव महेश पौडेल, उद्योग वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुषाल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतले  मन्तव्य  राखेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"