अञ्जना तामाङ
दक्षिण कोरिया । गैर आवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको २०२५ २०२७ को लागि पार्वती मोक्तानले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष समेत रहेकी मोक्तानले आफ्नो चुनावी संकल्प सहित एयस पोडकाष्ट र आफ्नो सामाजिक सञ्जाल फेसब्क मार्फत उम्मेद्वारी घोषणा गरेकी हुन् ।

दक्षिण कोरियाको नेपाली समाजमा सकृय सामाजिक अभियान्ताको परिचय बनाउन सफल पार्वती मोक्तानले संघमा आफ्नो बलियो दावेदारी सहित उम्मेद्वारी घोषणा गरेका हुन् । अध्यक्षका उम्मेद्वार मोक्तानले एनआएनएको सदस्य बन्ने समय यहि जुन ३० गतेसम्म रहेकोले तत्काल स्मार्ट एनआरएनए डाउलोड गरेर सदस्य फारम भरेर सदस्य बन्न समेत आग्रह गरेकि छिन् ।
को हुन् पार्वती मोक्तान ?
मनाङ जिल्लामा जन्मिएर सन् १९९५ मा दक्षिण कोरिया प्रवेश गरेकी पार्वती मोक्तान हाल दक्षिण कोरियामा व्यवसाय संगै सामाजिक कार्यमा संलग्न हुँदै आइरहेकि छिन् । परिवार संगै कोरियामा बस्दै आइरहेकि मोक्तान महिलाहरुको लागि महिला नामक संस्थाको अध्यक्ष भएर काम गर्दा गर्दै एनआरएनए कोरियाको वरिष्ठ उपाध्यक्षमा भारी मतले विजयी भएकी थिइन् ।

मोक्तान संघ संस्थाको कृयाकलापमा भन्दा बढी दुःखी पिडितहरुको सेवामा तल्लिन रहेको पाईन्छ । काम छोडेर बसेकाहरुलाई चामल बाड्ने दखि लिएर उपचार खर्च अभावले छठपटिएकाहरुलाई आर्थिक सहयोग जुटाइरहेकी हुन्छिन् । जन्मघर हिमाली जिल्ला मनाङ भएता पनि कर्मघर भने पूर्वको इटहरी हो । उन्ले हालसम्म निश्वार्थ सहयोग गर्ने गरेकोले उनको पक्षमा राम्रै जनाधार समेत दखिएको छ । समग्रमा पार्वती मोक्तान एक कुशल समाजसेवीको रुपमा कोरियाको नेपाली समाजले चिनने गर्दछ ।
पार्वती मोक्तानको चुनावी प्रतिवद्धताहरुमा के छ ?
१.एनआरएनएको एकता
विगतमा देखा परेको टुटफुट, बेमेल र मनमुटावको अवस्थाबाट बाहिर निकालेर सबैलाई समेट्ने एकीकृत नेतृत्व प्रदान गर्न म प्रतिबद्ध छु।
२. नेपाली समुदाय सेवा
कोरियामा रहेका नेपालीहरूको हकहित र आवश्यकतामा केन्द्रित रहेर सेवा र सहयोगमा सधैं अगाडि रहने छु।
३. श्रमिक हित संरक्षण
नेपाली श्रमिकहरूले भोगिरहेका समस्याको समाधानका लागि कानुनी सहायता, हेल्पलाइन, र आपतकालीन व्यवस्थालाई थप मजबुत बनाउने छु।
४. नेपाल–कोरिया सम्बन्ध सुदृढीकरण
दुई देशबीचको सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन कूटनीतिक पहल गर्नेछु।
५. संस्थागत पारदर्शिता
एनआरएनएको आर्थिक, प्रशासनिक र कार्यक्रमगत कार्यहरूमा पारदर्शिता कायम राख्ने मेरो प्रतिबद्धता हुनेछ।
६. युवा, विद्यार्थी र महिला सहभागिता
युवाहरू, महिला तथा विद्यार्थी वर्गलाई नेतृत्व र सशक्तिकरणमा ल्याई ल्च्ल्ब् लाई समावेशी बनाउने छु।
७. नीति तथा नियमको पालना
संस्थाको नीति, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्दै नेतृत्वमा उदाहरणीय अनुशासन देखाउने छु।
८.समानुपातिक समावेसी सहभागिता
जातीय, भाषिक, लैङ्गिक, भौगोलिक र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्न म प्रयत्नशील रहने छु।
९. सहकार्य र साझेदारी
कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थासँग सहकार्य र आपसी सहयोगमा जोड दिने छु।
१०. नेपालमा पर्यटन तथा व्यवसाय प्रवर्द्धन
कोरियाली लगानीकर्तालाई आकर्षित गर्दै नेपालमा पर्यटन र व्यवसायिक प्रवर्द्धनमा भूमिका
म माथि उल्लेख गरिएका सम्पूर्ण प्रतिबद्धताहरूमा दृढ भएर उभिएको छु। सकेसम्म राम्रो गर्नेछु, नसके नराम्रो भने कहिल्यै गर्नेछैन – यही मेरो नेतृत्व दर्शन हो।





























