हेटौँडा/ “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत हेटौँडा १३ नम्बर वडा क्षेत्रमा मेवा खेती प्रवद्र्धनका लागि आवश्यक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाको सभाअध्यक्षतामा भएको एक समारोहका बिच कृषि सामाग्रि हूतान्तरण गरिएको हो ।

समुदायमा आधारित उक्त परियोजना ५५ लाख ७७ हजार २१७ रुपैयाँको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । जसमध्ये कृषि मन्त्रालयबाट ३३ लाख ४८ हजार ३३० रुपैयाँ, हेटौँडा उपमहानगरपालिकाबाट ११ लाख १५ हजार ४४३ रुपैयाँ र कृषक समूहबाट २० प्रतिशत लागत साझेदारी गरिएको छ ।
कार्यक्रम अन्तर्गत कृषकहरूलाई मल्चिङ प्लास्टिक, जैविक विषादी, हाते ट्याक्टर, चारपांग्रे ट्याक्टर, अर्थगर, ड्रायर मेसिन, पीएच मिटर, स्प्रे पम्प, थोपा सिँचाइ प्रणाली, टनेल संरचना, डिजिटल तराजु, क्रेटलगायत उपकरणहरू हस्तान्तरण गरिएको छ । यसले कृषकहरूलाई श्रमको लागत घटाउँदै उत्पादनशीलता बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष रूपमा १ सय ८ घरधुरी लाभान्वित भएको छ भने १० हेक्टर क्षेत्रमा मेवा खेती विस्तार गरिने योजना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लामाले प्रमुख अतिथि मिना कुमारी लामाले साहसी कृषकहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै पदमपोखरीलाई मेवाको पकेट क्षेत्रको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गनुृ भएको छ । उहाँले ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमलाई उपमहानगरको ब्राण्डको रूपमा विस्तार गरिने पनि स्पष्ट पार्नुभयो ।
यसै गरी समाग्रि हस्तान्तरण पस्ताव परियोजनाको सयुक्त अनुगमन समेत गरिएको थियो । अनुगमनमा बागमती प्रदेश सरकारका कृषि मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, कृषि निर्देशनालयका निर्देशक शुधिर श्रेष्ठ, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेल, वडा नं. १३ का अध्यक्ष पेम्बा लामालगायतको उपस्थिति रहेको थियो ।





























