‘साम्बा’ भोलि हेटौंडामा सम्मानित हुँदै

Advertisement

हेटौंडा / नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ साउन १७ गते हेटौंडामा सम्मानित हुँदैछिन् । ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने कार्यक्रममा हेटौंडेली खेलप्रेमीहरू साम्बासँग प्रत्यक्ष भेटघाट गर्न पाउने जनाएको छ ।

फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी साम्बालाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने छ । सम्मान राशिको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशीले गरेका छन् । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशियाबाहिर चिनाएकी छन् । उनले फ्रान्स, भारत, माल्दिभ्स हुँदै हाल न्युजिल्याण्डको वेलिङ्टन फोनिक्स क्लबमा खेलिरहेकी छिन् । कार्यक्रममार्फत उनको संघर्ष, सफलताको कथा र प्रेरणामूलक यात्रा नजिकबाट बुझ्न सकिने आयोजकले जनाएका छन् ।

सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङका अनुसार, यस्ता सम्मानले महिला खेलकुदको सम्मान र प्रेरणामा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ । उहाँका अनुसार, साम्बाको संघर्ष, समर्पण र सफलताको यात्रा सम्पूर्ण युवापुस्ताका लागि प्रेरणाको स्रोत हो । उहाँले यस्तो कार्यक्रमले महिला खेलकुदको सम्मान मात्र नभई महिला सशक्तिकरण र नेतृत्व विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । महिला खेलाडीको योगदानलाई सम्मान गर्ने यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गराउने र आगामी पुस्ताका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा राखिएको अध्यक्ष गुरुङले बताउनु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"