हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

Advertisement

हेटौंडा  /  शुभ दिपावली २०८२ को अवसरमा श्रिजनशील युवा परिवारको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु भएको छ ।  उद्घाटन खेलमा युपि युनाइटेड र युपि ठन्डर्सबीच प्रतिस्पर्धा भएको थियो ।

hetauda -14

रोमाञ्चक खेलमा युपि युनाइटेडले ६–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१४ का वडा अध्यक्ष  दिपक खड्का  रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता श्रिजनशील युवा परिवारका अध्यक्ष  दिनेश गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवाहरू र टोलवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारमा रु. ३० हजार बराबरको खसी एक थान सहित ट्रफि, मेडल र दोस्रो पुरस्कारमा रु. २० हजार बराबरको बोका एक थान सहित ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य युवाबीच आपसी मित्रता, खेलभावना र स्वस्थ जीवनशैलीको सन्देश फैलाउने रहेको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू आगामी दिनहरूमा पनि क्रमिक रूपमा सञ्चालन हुँदै जानेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"