श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

Advertisement

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको परिवार

गत चैत ४ गते आगलागीबाट निशा माया चेपाङ्गको घर पूर्ण रूपमा नष्ट भएको थियो । उक्त घटनापछि पार्टीका कार्यकर्ताले तत्काल राहतस्वरूप खाद्यान्न तथा कपडा सहयोग गरेका थिए भने आर्थिक सहयोग संकलन र श्रमदानमार्फत एक महिनाभित्रै घर निर्माण सम्पन्न गरिएको हो ।

करिब १० धुर एलानी जग्गामध्ये साढे ३ धुर क्षेत्रफलमा एक तल्ले २ कोठे घर निर्माण गरिएको जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानले जानकारी दिए। घर निर्माणका लागि झण्डै ८ लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि विभिन्न व्यक्तित्व, संघसंस्था तथा कार्यकर्ताको श्रमदानका कारण २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा घरको चाबी हस्तान्तरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष मल्लले पीडित परिवारको समस्या समाधानमा गरिएको पहलको प्रशंसा गर्दै शौचालय निर्माणका लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै नागरिकता नभएका कारण सेवा सुविधाबाट वञ्चित भएको विषयमा समेत पहल गर्ने बताएका थिए । कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य मन्दिरा मोक्तानले विपद्मा परेका नागरिकको साथमा पार्टी सधैं रहने प्रतिबद्धता व्यक्त गरिन् । घर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष उत्तम लामा, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामा, युवा नेता निश्चल थिङ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"