मेरो भूतसँग भेट्यो भने ?

Advertisement

  • विनीता देवकोटा

के गर्ला 

यदि मेरो वर्तमानले 

मेरो भूतसँग भेट्यो भने ?

पिडामा तड्पिरहेको बेला,

नआत्तिए केही क्षणमा 

आनन्द पनि आउँछ भन्ला ?

या 

खुसीमा मात्तिएको बेला, 

धेरै नफुर्की भनी

त्यसपछि आउने दुःखबारे सावधान गराउला ?

झिनो उल्झनले दिनरात सताउँदा 

सुल्झन भेटेसि फिस्स हास्नेछेस् भन्ला ? 

या

सानो कुरामा बडो घमन्ड गर्दा, 

पछुताउनु छ भनी चिन्तित होला ?

अपनत्व बढ्दै जाँदा 

त्यो त केवल क्षणिक हो भनी बुझाउला ?

या 

घृणा छ जो सँग

उही एक दिन प्यारो हुनेछ भनी जानकारी गराउँला ?

सङ्घर्ष गर्दै जाँदा 

कतिऔं पटकमा सफलता मिल्नेछ भनी बताउला 

या 

भाग्यको भर पर्दा

थोरै उपलब्धि पछि फेरि शून्य मै पुग्ने बाटो हिँडाउला ?

भेट्दा कसैसँग,

यो नै अन्तिम भेट हुनेछ भनी थाहा देला ?

या 

तर्किदा कोहीसँग

बार बार एउटै बाटो पर्नु छ भनी गिज्याउला ?

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"