‘७८ प्रतिशत बालबालिकाको समाचार उनीहरूको दुर्व्यवहार सम्बन्धी हुन्छ’

Advertisement

काठमाडौँ, ३० असोज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरूले दुःख व्यक्त गरेका छन् ।

चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँग गरेको अन्तरक्रियामा उनीहरूले कुल समाचारको झन्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरूको मुद्रामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरूले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रसारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले ससाना बालबालिकाहरूको मुद्रामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका समाचारहरू रहने गरेको तथ्याङ्क प्रस्तुत गरे । यसले भोलिका बालबालिकाहरूलाई नकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा बाहखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिए पछि पीडित पनि त्यही गाउँकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने सुनाए । यस कारण बालबालिका सम्बन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गाम्भीर्यता अपनाउनुपर्ने आवश्यकता उनले औँल्याए ।

कार्यक्रममा सम्पादक थापा र डा अर्यालले दुई वटा प्रस्तुतिहरू दिएका थिए । थापाले बालबालिकाबारेका मुद्रामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिंगको संवेदनशीलता विषयमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति माथि डा अर्यालले टिप्पणी गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका निर्देशक मोहन दंगाल, पत्रकारहरू जनक नेपाल, जुनारबाबु बस्नेत, गङ्गा बिसी, प्रकाश सिलवाल, कृष्ण किसी, दीपेन्द्र श्रेष्ठलगायतका आआफ्ना अनुभवहरू सुनाएका थिए । कार्यक्रममा विभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"