गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

Advertisement

काठमाडौँ, ३० असोज । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मङ्गलवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिएर अभियानको सुरुआत गरेका हुन् ।

 

२८ असोजमा पर्वत जिल्ला प्रशासन कार्यालयबाट कुलले नागरिकताको प्रमाणपत्र पाएका थिए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ :

१. गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन समयमा सम्पन्न हुन नसकी सङ्घभित्र केही विवाद र असहमतिहरू रहे । विमतिहरूमाथि गम्भीर समीक्षा गरी सङ्घलाई एकताबद्ध बनाउन प्रधानमन्त्री हुँदा होस् वा पार्टी अध्यक्षको हैसियतले, मैले महत्त्वपूर्ण भूमिका खेलेको छु, त्यसको यहाँ स्मरण गर्न चाहन्छु ।

३. नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठुलो सङ्घर्ष र पहल गरेको छु । त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को सङ्घर्ष गर्नु¥यो । निकै ठुलो सङ्घर्ष र मेहनतपछि हामीले सफलता हासिल गरेका छौँ । पचासौँ लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठुलो उपलब्धि हो ।

४. मेरो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले सम्माननीय राष्ट्रपतिज्यूलाई नागरिकता विधेयक सदर गर्न आग्रह ग¥यो । सम्माननीय राष्ट्रपतिज्यूबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको छ, नियमावली बनेको छ ।

५. मैले भर्खरै सङ्घका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु । यस अवसरमा कुलजी लगायत तपाईँ सबै साथीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु । मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।

६. गैरआवासीय नेपालीसँग सम्बोधित थुप्रै सवालहरूलाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेका छौँ । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु. ५ करोडबाट घटाएर रु. २ करोड कायम गरेको छ । धितो पत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसै गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरू बढ्ने हाम्रो विश्वास छ । यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली सङ्घलाई आग्रह गर्दछु । तपाईँहरूले देखाउनुभएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् ।

७. संसारभरि रहेका नेपालीहरू नेपालका गैरआवासीय दूतहरू हुनुहुन्छ । नेपालले तपाईँहरूबाट धेरै अपेक्षा गरेको छ । नेपाल सरकारले सङ्घको स्थापनाकालदेखि नै सङ्घसँग सहकार्य गर्दै आएको छ । तपाईँहरूले नीति तथा वक्तव्यमा समावेश गरियोस् भनेर विभिन्न सुझावहरू दिनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ ।

 

८. अन्त्यमा गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय महाधिवेशनले एकताबद्ध सङ्घ र बलियो नेतृत्व छनोट गर्नेछ, तपाई हरू थप एकताबद्ध भएर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आउँदै गरेका पर्वहरू विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"